फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको व्यापार विस्तार १५२ देशमा, ४४ मुलुकबाट आयात मात्रै

(GMT+08:00) 2018-07-13 18:44:02

लुकको वैदेशिक व्यापार विस्तार हुँदै एक सय ५२ भन्दा धेरै देशमा पुगिसकेको छ । एक लाखभन्दा तलको व्यापार गर्ने मुलुकको संख्या दर्जनौं छन्। वैदेशिक व्यापारको तथ्यांक हेर्दा चाख लाग्दो विषय के छ भने– नेपालले व्यापार गर्ने एक सय ५२ मुलुकमध्ये ४४ देशसँग दुईपक्षीय व्यापार छैन । अर्थात् ४४ मुलुकबाट नेपालले आयात मात्र गरेको छ, निर्यात शून्य ।त्यसो त सानो संख्यामा भए पनि नेपालले निर्यात मात्र गर्ने मुलुकको संख्या ११ छन्।

यसैमा अर्को रोचक तथ्य के छ भने– नेपालले आयात मात्र गर्ने मुलुकको संख्या बढिरहँदा र निर्यातमात्र हुने देशको संख्या घटिरहेको छ। यो विवरण भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ०७४-७५ को पछिल्लो ११ महिनाको वैदेशिक व्यापारको तथ्यांकमा आधारित छ ।मुलुकले सामान आयातमात्र गर्ने कतिपय देशहरू यस्ता छन्, जुन वर्षौंदेखि द्वन्द्व, गरिबी र आर्थिक संकटको दलदलमा फसेका छन् । जस्तो कि– नाइजेरिया, भेनेजुयला, इथिओपिया, हैटी, सियरा लिओन, इराक र अरु यस्तै यस्तै।

नेपालले आयात मात्र गर्ने कतिपय देशहरू यस्ता छन्, जसको नाम धेरै नेपालीलाई थाहा नहुन सक्छ । यस्ता देशमा डोमिनिकन रिपब्लिक, कोमोरोस, टोकेलौ, माली, उज्वेकिस्तान, सुरिनेम, बेनिन, मोन्टेनेग्रो, स्रियन अबर रिपब्लिक, म्यासेडोनिया, आइभोरी कोस्ट (कोटे डि इभोर), कोकोस आइसल्यान्ड छन्। त्यस्तै अन्य मुलुकमा इस्ले अफ म्यान, एल साल्भाडोर, सर्बिया, ट्युनिसिया, गुयना, मेरिकन सामोया, लाओ पिपल्स डेमोक्रेटिक रिपब्लिक, होन्डुरस, केपभेर्डी, सान मारिनो, क्युवा लगायत छन्।

जानकारी तथा लेखहरु