फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रविधिको लागि बजारमाथिको धब्बा अनुचित

(GMT+08:00) 2018-07-13 18:44:26

हाल चीन-अमेरिका व्यापार युद्ध चर्कँदैआएको छ। त्यसमध्ये चीनले विदेशी पूँजी भित्र्याउन प्रस्तुत गरेको प्रविधिको बजार प्रस्ताव अमेरिकाले दोषारोपण गरेको मुख्य विषय हो तर त्यसमाथि धब्बा लागेको देखिएको छ। त्यसैले त्यसबारे स्पष्ट पार्नुपर्ने अवस्था छ।

विदेशी पूँजी, विकसित प्रविधि र व्यवस्थापन अनुभव भित्र्याएर अन्तर्राष्ट्रिय उत्पादन प्रणाली र बिक्री, सेवाको सञ्जाल प्रयोग गरी आफ्नो विकासलाई बढाउनु नै धेरै मुलुक विशेष गरी पिछडिएका मुलुकले बजार खुलापनको सुरुवाती अवधिमा अपनाएको सामान्य उपाय हो। प्राविधिक दृष्टिकोणबाट हेरी खुला अडान लिएर प्रविधिको व्यापक रुपमा प्रयोग गर्ने उत्साह हुनु नै प्राविधिक आर्थिक मूल्य अधिकतम गर्ने आन्तरिक माग र नवीन सिर्जनशीलताबाट पर्याप्त प्रतिकृया पाउने आवश्यक बाटो पनि हो। प्रविधिको लागि बजार नै आपूर्ति र माग यी दुई पक्षलाई फाइदा पुग्छ।

प्राविधिक प्रगति र औद्योगिक विकासका क्रममा चीनले चीन-अमेरिका आर्थिक र प्राविधिक सहयोगमा धेरै फाइदा पाएको छ, त्यसको चीनले सम्मान गर्छ। साथै अन्तर्राष्ट्रिय नियम र बौद्धिक सम्पत्तिको संरक्षण गर्न चीनले गरेको प्रयासमा अमेरिकाले ध्यान दिनुपर्छ।

बाहिरी वातावरण जसरी परिवर्तन भएपनि चीनले बौद्धिक सम्पत्तिको संरक्षणको आधारमा नवीन सिर्जनालाई अरु प्रबर्द्धन गर्नेछ साथै चीनसँग विभिन्न मोड र उपायको प्राविधिक सहयोग गर्न विभिन्न मुलुकलाई चीनले स्वागत गर्नेछ।

जानकारी तथा लेखहरु