फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्त अरब इमिरेट्स लगायत मुलुकहरूको भ्रमण गर्ने परराष्ट्रमन्त्रालयद्वारा जानकारी

(GMT+08:00) 2018-07-13 18:44:43

चीनका उप-परराष्ट्रमन्त्री खुङ स्युआन यौ र सहायक परराष्ट्रमन्त्री चाङ च्युनले तेह्र तारिख पत्रकारहरूसँग कुराकानी गर्दै चीनका राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्त अरब इमिरेट्स, सेनेगल, रुवान्डा र दक्षिण अफ्रिकाको राजकीय भ्रमण गर्नुका साथै ब्रिक्स मुलुक नेताहरूको दशौँ वार्तामा उपस्थित भएर मौरिससको मैत्रीपूर्ण भ्रमण गर्ने कार्यक्रमबारे जानकारी दिनुभएको छ।

खुङ स्युआन यौले राष्ट्राध्यक्ष सीले जुलाइ उन्नाइस तारिखदेखि चौब्बीस तारिखसम्म संयुक्त अरब इमिरेट्स, सेनेगल, रुवान्डा र दक्षिण अफ्रिकाको राजकीय भ्रमण गरी सत्ताइस र अठाइस तारिख मौरिसस हुँदै फर्किँदा त्यहाँको मैत्रीपूर्ण भ्रमण गर्नुहुने जानकारी दिनुभयो। गत मार्च महिनामा कार्यकाल निरन्तर भएपछि राष्ट्राध्यक्ष सीले गर्नुभएको यो पहिलो विदेश भ्रमण भएको पनि उहाँले जानकारी दिनुभयो।

त्यस्तै चाङ च्युनले जुलाइ २५ देखि २७ तारिखसम्म दक्षिण अफ्रिकाको जोहाननेस्वर्गमा आयोजना हुने ब्रिक्स मुलुक नेताको दशौँ वार्तामा राष्ट्राध्यक्ष सी उपस्थित हुनुहुने जनाउनुभयो। यो नव विकसित बजार तथा विकासोन्मुख मुलुकबारे चीनको एक महत्वपूर्ण कूटनीतिक कार्य भएको बताउनुभयो।

जानकारी तथा लेखहरु