फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन विश्व नवीन सिर्जनाको नेतृत्व गर्दैछ: चीनको परराष्ट्र मन्त्रालय

(GMT+08:00) 2018-07-13 18:45:03

अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले दश तारिख 301 अनुसन्धानसम्बन्धी वक्तव्य प्रकाशित गरी चीनले बौद्धिक सम्पत्ति चोरेको आरोप लगाएको थियो। त्यसको प्रतिकृया स्वरूप चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले तेह्र तारिख नवीन सिर्जना र बौद्धिक सम्पत्ति अमेरिकी प्याटेन्ट छोडेर चीन विश्व नविन सिर्जना र ब्रान्डको नेतृत्वमा पुग्न लागेको दावी गर्नुभएको छ।

तेह्र तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छुन यिङले उक्त कुरा बताउनुभएको हो। उहाँले केही महिनायता चीनले बौद्धिक सम्पत्ति चोरेको आरोप लगाइरहेपनि वास्तविक प्रमाण देखाउन नसकेको उल्लेख गर्नुभयो।

तथ्याङ्क अनुसार चीनको नवीन सिर्जना उद्योगको संख्या विश्वको दोस्रो स्थानमा पुगिसकेको छ। प्रतिलिपी अधिकार सहयोग सन्धिमार्फत चीनले पेश गरेको मात्रा पनि अमेरिकापछिको विश्वको दोस्रो स्थानमा बसेको छ जसबाट चीन मौलिक बौद्धिक सम्पत्ति सिर्जना गर्ने मुलुक बनिसकेको उहाँले जानकारी दिनुभयो। गत वर्ष चीनले विदेशलाई तिरेको बौद्धिक सम्पत्तिको खर्च अठाइस अर्ब साट्ठी करोड अमेरिकी डलर पुगेको छ तीमध्ये अमेरिकालाई तिरेको खर्च सन् 2016को भन्दा चौध प्रतिशत बृद्धि भएको छ जसले अमेरिकाको आरोपको खण्डन गरेको छ साथै बौद्धिक सम्पत्तिको सम्मान तथा संरक्षण गर्ने चीनको दतचित्त अडान र प्रभावकारी गतिबिधि पनि देख्नसकिएको प्रवक्ता ह्वाले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु