फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिका व्यापार युद्धप्रति अमेरिकी आरोपको चीनद्वार खण्डन

(GMT+08:00) 2018-07-13 18:45:21

दश तारिख अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले "301 जाँचबुझबारे वक्तव्य" सार्वजनिक गरेको छ। सो वक्तव्यमा चीन र अमेरिकी व्यापार आदान-प्रदानमा चीनले अनुचित दृष्टिकोण राखेर हिलो छयापेको छ। तर झूट मात्र झूटो हुनसक्छ।

यसैबीच बाह्र तारिख चीनको वाणिज्य मन्त्रालयले एउटा वक्तव्य प्रकाशित गर्दै अमेरिकाले प्रस्तुत गरेको चीन-अमेरिका व्यापार असन्तुलन" आदि "301 जाँचबुझ प्रतिवेदन"मा मुख्य विषयबारे छुट्टा-छुट्टै रुपमा विरोध गरेको छ।

सर्वप्रथम, व्यापार घाटा समस्याबारे चीनको वाणिज्य मन्त्रालयले व्यापार घाटाको मुख्य कारण अमेरिकी बचत दर अति कम भएको ठहर गरेको छ। अमेरिकी डलर अन्तर्राष्ट्रिय मुख्य सञ्चित मुद्रा हो, शीत युद्धको सोच राखेर अमेरिकाले आफ्नो लाभप्रद उच्च प्रविधि उत्पादनको निर्यातलाई प्रतिबन्ध गरेको छ।

दोस्रो, बौद्धिक सम्पत्ति चोरीको समस्या छैन। हाल चीनको प्रतिलिपि अधिकार, ट्रेडमार्क, प्याटेन्ट आदि क्षेत्रमा बौद्धिक सम्पत्तिको सुरक्षाले समेटिएको छ। कानून, नियम, स्थानीय नियम सहित धेरै किसिमको बौद्धिक सम्पत्ति कानून सुरक्षा नेटवर्क गठन गरिएको छ। यसका साथै सन् 2001को तुलनामा सन् 2017मा चीनद्बारा विदेश गएको पैसा 17 प्रतिशतले बृद्धि भएर अठ्ठाईस अर्ब साठी करोड अमेरिकी डलर पुगेको छ।

तेस्रो, "बलजफ्ती प्राविधिक स्थानान्तरण" समस्याबारे, यो नक्कली समाचार हो। यदि विदेशी व्यवसाय चीनमा लगानी गर्छन् भने "बलजफ्ती प्राविधिक स्थानान्तरण" गर्नुपर्ने चीनमा यस्तो कुनै नियम छैन। विगत ४० वर्ष चीनले कुनै "बलजफ्ती प्राविधिक स्थानान्तरण" सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छैन।

अन्तिम, अमेरिकाले "चिनियाँ उत्पादन सन् 2025" आदि उत्पादन नीतिको आलोचना गरेको छ। सोबारे अमेरिकी 301 जाँचबुझ प्रतिवेदनको उद्देश्य चीनको उच्च र नयाँ प्राबिधिक उत्पादन क्षेत्रमाथि प्रहार गर्दै चीनको विकासमाथि आधारभूत रुपमा अवरोध गर्नु हो।

जानकारी तथा लेखहरु