फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ सामानमाथि थप कर लगाउने अमेरिकाको कदमप्रति चीनको प्रतिक्रिया

(GMT+08:00) 2018-07-13 18:45:39

दश तारिख अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले "301 जाँचबुझबारे वक्तव्य" सार्वजनिक गरेको छ। सोबारे चीनका वाणिज्य मन्त्रालयका वक्तव्य प्रकाशित गरेको छ।

पहिलो, व्यापारिक आदान-प्रदानमा चीनले अनियमित अभ्यासहरू गरेको अमेरिकाको आरोप सत्य छैन। वास्तवमा अमेरिकी समाजको गहिरो आर्थिक समस्या अमेरिकी राष्ट्रिय संरचनात्मक समस्या हो। व्यापार घाटा समस्याबारे चीनको वाणिज्य मन्त्रालयले व्यापार घाटाको मुख्य कारण अमेरिकी बचत दर अति कम भएको ठहर गरेको छ। अमेरिकी डलर अन्तर्राष्ट्रिय मुख्य सञ्चित मुद्रा हो, शीत युद्धको सोच राखेर अमेरिकाले आफ्नो लाभप्रद उच्च प्रविधि उत्पादनको निर्यातमा प्रतिबन्ध लगाएको छ। बौद्धिक सम्पत्ति चोरीको समस्या छैन। हाल चीनको प्रतिलिपि अधिकार, ट्रेडमार्क, प्याटेन्ट आदि क्षेत्रमा बौद्धिक सम्पत्तिको सुरक्षाले समेटिएको छ। कानून, नियम, स्थानीय नियम सहित धेरै किसिमको बौद्धिक सम्पत्ति कानून सुरक्षा नेटवर्क गठन गरिएको छ। यसका साथै सन् 2001को तुलनामा सन् 2017मा चीनद्बारा विदेश गएको पैसा 17 प्रतिशतले वृद्धि भएर अठ्ठाईस अर्ब साठी करोड अमेरिकी डलर पुगेको छ।"बलजफ्ती प्राविधिक स्थानान्तरण" समस्याबारे, यो नक्कली समाचार हो। यदि विदेशी व्यवसाय चीनमा लगानी गर्छन् भने "बलजफ्ती प्राविधिक स्थानान्तरण" गर्नुपर्ने चीनमा यस्तो कुनै नियम छैन। विगत ४० वर्ष चीनले कुनै "बलजफ्ती प्राविधिक स्थानान्तरण" सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छैन।

दोस्रो, दुवै मुलुकबीचको मतभेदलाई चीनले समाधान नगरेको भनेर अमेरिकाले गरेको आलोचना पनि सत्य हैन। वास्तवमा चीनले दुवै पक्षमा रहेको आर्थिक व्यापारका मतभेदलाई सँधै नै महत्व दिइरहेको छ। चीनले सबैभन्दा ठूलो ईमानदारी र धैर्यता राखेर वार्तामार्फत् दुवै पक्षको मतभेदलाई समाधान गरेको छ।

तेस्रो, चीनको प्रतिरोधी कारवाही अन्तर्राष्ट्रिय कानून बमोजिम नरहेको भनेर अमेरिकाले आलोचना गरेको छ। वास्तवमा अमेरिकाले थालेको व्यापार युद्ध कुनै अन्तर्राष्ट्रिय कानुन अनुरूप पनि हैन।

चौथो, चीनले जबरजस्ती प्रतिरोधी कारवाही थालेको छ। मुलुकको हित र विश्व हितको सुरक्षा गर्ने यो नै कानूनी र वैधानिक शैली हो।

पाँचौं, अमेरिकाले व्यापार युद्ध थालेको छ। यो चीनमाथिको प्रहार मात्र होइन, विश्व आर्थिक क्षेत्रमा गरिएको प्रहार हो।

छैटौं, चीनले स्थापित नीति अनुसार, सुधार र खुलापनलाई कडाइका साथ अघि बढाउने छ, विश्वका विभिन्न मुलुकसँग स्वतन्त्र व्यापारको सिद्धान्त र बहुपक्षीय व्यापार प्रणालीको झन् सुरक्षा गर्नेछ।

जानकारी तथा लेखहरु