फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले थालेको व्यापार युद्धले विश्व व्यापारमा असर पर्ने चीनको भन्सार कार्यालयका प्रवक्ताको भनाइ

(GMT+08:00) 2018-07-13 18:46:22

चीनको अखिल भन्सार कार्यालयका प्रवक्ता ह्वाङ सुङ फिङले आज आयोजित पत्रकार सम्मेलनमा छ तारिख अमेरिकाले चिनियाँ सामानहरुमाथि भन्सार कर थप गरेपछि चीनले प्रतिरोधी कदम चालेको बताउनुभएको छ।

उहाँले अमेरिकाद्बारा थालिएको व्यापार युद्धबाट चीन-अमेरिकाबीचको व्यपारमा केहि नकारात्मक प्रभाव ल्याइने बताउँदै विश्व व्यापारका लागि पनि अत्यन्तै हानिकारक प्रभाव ल्याइने औंल्याउनुभयो।

चीनको अखिल भन्सार कार्यालयले आज सार्वजनिक गरिएको प्रतिवेदनमा यस वर्षको पहिलो छ महिनामा चीनबाट अमेरिकातर्फ आयात र निर्यात कूल रकम उन्नाईस खर्ब तीस अर्ब चिनियाँ युआन पुगेको छ, जुन गत वर्षको सोहि अवधिको तुलनामा 5.2 प्रतिशतले वृद्धि भएको छ। चीनको वैदेशिक व्यापारको कूल रकममा यो 13.7 प्रतिशत पुग्दछ भने चीनको दोस्रो ठूलो व्यापारिक साझेदार पनि अमेरिका हो।

जानकारी तथा लेखहरु