फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गरिबहरुलाई सेवासुविधा दिन गरिब घरपरिवार परिचयपत्र वितरण सुरु

(GMT+08:00) 2018-07-14 15:21:18

सरकारले गरिबहरुलाई सेवा सुविधा दिने ध्येयले गरिब घरपरिवारका लागि परिचयपत्र वितरण सुरु गरेको छ। २६ जिल्लामा पहिचान भएका गरिब परिवारका लागि शुक्रबारबाट परिचयपत्र वितरण सुरु भएको हो। कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कपिलवस्तुको मायादेवी गाउँपालिकामा परिचयपत्र बाँडेर कार्यक्रमको थालनी गर्नुभयो।

सरकारी अभियान सुरु भएसँगै अब तत्काल ३ लाख ९१ हजार ८३१ घर परिवारले गरिबीको परिचयपत्र पाउनेछन्। सरकारले गरिबीका आधारमा तीन प्रकारका काडइ वितरण गर्नेछ। चरम गरिबले रातो कार्ड पाउनेछन् भने मध्यम गरिवले पहेँलो कार्ड र सामान्य गरिबले नीलो कार्ड पाउनेछन्। मानव विकास सूचकांक भन्दा तल रहेका जिल्लाहरुबाट परिचयपत्र वितरण सुरु गरिएको मन्त्रालयले जनाएको छ । यस अनुसार अब १ लाख ८८ हजार २ सय ३२ परिवारले रातो, १ लाख २९ हजार ७५४ ले पहेँलो र ८३ हजार ८४५ परिवारले नीलो कार्ड पाउनेछन्।

गरिब घरपरिवार सहयोग समन्वय बोर्डर्ले पहिलो चरणमा २५ जिल्लाबाट १२ लाख ४० हजार परिवारको तथ्याङ्क संकलन गरेको थियो। त्यसबाट ३ लाख ९१ हजार ८३१ घर परिवारलाई सरकारले 'गरीब' का रुपमा पहिचान गरेको थियो। अनलाइन खबरका अनुसार सरकारले ०६८ सालमै २५ जिल्लामा गरिब घरपरिवारको विवरण संकलन गरे पनि उद्देश्यअनुरुप काम भने सकाएको छैन। त्यतिबेला एक वर्षभित्रै गरिब घरपरिवारलाई परिचयपत्र दिने लक्ष्य लिइएको थियो।

जानकारी तथा लेखहरु