फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सेवाग्राहीलाई जवाफ दिनेमा नेपालको हेल्लो सरकार पनि तीनभित्र

(GMT+08:00) 2018-07-14 15:21:35

सेवाग्राहीको प्रश्नमाथि चासो राख्दै जवाफ फर्काउनेमा विश्वमै तेस्रो ट्वीटर ह्यान्डलमा नेपाल सरकारको आधिकारिक ट्वीटर ह्यान्डल 'हेलो सरकार' छानिएको छ। नेपाल सरकारले चलाउँदै आएको 'एट द रेट' हेलो सरकारको ट्वीटर विश्वभरको 'मस्ट कन्भर्सेसनल वल्र्ड लिडर्स २०१८' मा परेको छ । नेपाल सरकारले गुनासो सुन्न र त्यसको समाधान गर्नका लागि सञ्चालन गरेको आधिकारीक ट्वीटर ह्यान्डल हो, हेलो सरकार । सरकारी सेवा, सुविधा र काम कारबाहीबारे नागरिकले हेलो सरकारमा फोन, इमेल वा पत्रबाट जानकारी राख्न सक्छन् ।

केही समयअघि सार्वजनिक भएको ट्वीप्लोमेसी २०१८ रिपोर्टमा नेपाल सरकारको आधिकारिक ट्वीटर ह्यान्डल उत्कृष्ट तीनमा परेको हो। हेलो सरकार ट्वीटर ह्यान्डललाई मेन्सन गरिएकामध्ये ९० प्रतिशत जवाफ फर्काउने गरेको सो रिपोर्टमा उल्लेख छ। यसरी विश्वमा सबैभन्दा धेरै जवाफ दिने सरकारी ट्वीटरमा नेदरल्यान्ड, बेलायती सरकारको ट्वीटर ह्यान्डल, नेपाल सरकारको आधिकारीक ट्वीटर ह्यान्डल 'हेलो सरकार' रुवाण्डाका राष्ट्रपतिको आधिकारिक ट्वीटर ह्यान्डल, न्युजिल्यान्डका प्रधामन्त्रीको ट्वीटर ह्यान्डल, सर्बियाको प्रधामन्त्रीको ट्वीटर ह्यान्डललगायतका रहेका छन्।

धेरै जवाफ दिनेमा पहिलो स्थानमा नेदरल्यान्डको ट्वीटर ह्यान्डलले ९७ प्रतिशत, दोस्रो नम्बरको बेलायती ट्वीटर ह्यान्डलले ९५ प्रतिशत ट्वीटको जवाफ दिने गरेको छ। चौथोमा रुवाण्डाका राष्ट्रपतिको ट्वीटर ह्यान्डल रहेको छ, पाँचौँ स्थानमा न्युजिल्यान्डका प्रधामन्त्रीको ट्वीटर ह्यान्डल रहेको छ।

जानकारी तथा लेखहरु