फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका लागि विश्व व्यापार संगठनको सातौं समीक्षा बैठक सम्पन्न

(GMT+08:00) 2018-07-14 15:22:41

विश्व व्यापार संगठनले चीनका लागि गरेको सातौं व्यापारिक नीति समीक्षा तेह्र तारिख जेनेभामा सफलताका साथ सम्पन्न भयो। विश्व व्यापार संगठनका सदस्यहरुले चीनसमक्ष जम्मा गरी 1963 लिखित समस्या पेश गरेका छन्। यस समीक्षा सम्मेलनमा जम्मा 70 सदस्यहरुले भाषण दिँदै बितेका दुई वर्षमा चीनको व्यापारिक नीतिको मूल्याङ्कन गरेका छन्। समीक्षा भाषण गरेका सदस्यहरूको संख्याले नयाँ ऐतिहासिक रेकर्ड सिर्जना गरेको छ।

विश्व व्यापार संगठनको नीतिबमोजिम यस संगठनका सबै सदस्य मुलुकले नियमित रुपमा उक्त व्यापारिक नीति नियम समीक्षा पार गर्नुपर्छ। जसबाट सदस्य मुलुकको व्यापारिक नियमको स्पष्टतालाई बलियो बनाउँदै सदस्य मुलुकलाई विश्व व्यापार संगठनको नीति तथा वचनवद्धता पालन गर्न ताकिता गर्नसकिने छ।

चिनियाँ प्रतिनिधि मण्डलका प्रमुख एवं चीनका उप वाणिज्य मन्त्री वाङ्ग श्वौ वनले जानकारी दिनुभएअनुसार यस समीक्षा सम्मेलनमार्फत चीनले हाल केही वर्षयता लागू गरेको केही नयाँ आर्थिक तथा व्यापारिक नीति अझ स्पष्ट रुपमा व्याख्या गरेको देखिन्छ। विश्व व्यापार संगठनका सदस्यहरुले हाल दुई वर्षयता चीनद्वारा लागू गरिएको व्यापारिक नीतिको विकासको उच्च मूल्याङ्कन गरेका छन्। विशेष गरी उनीहरुले चीनको सुधार तथा खुल्लापनको नयाँ कदम र चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङद्वारा चालू वर्षको पोआउ मञ्चमा प्रस्तुत खुलापनको विस्तार सम्बन्धी चार पक्षका नियमको पनि उच्च प्रशंसा गरेका छन्।

जानकारी तथा लेखहरु