फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्बारा चिनियाँ कोमिनताङ पार्टीका पूर्वअध्यक्ष ल्येङ चाङसँग भेट-वार्ता

(GMT+08:00) 2018-07-13 17:23:43

तेह्र तारिख बिहान चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिन फिङले पैचिङमा चिनियाँ कोमिनताङ पार्टीका पूर्व अध्यक्ष ल्येङ चाङको नेतृत्वमा रहेको थाइवानका विभिन्न क्षेत्रका व्यक्ति सम्मिलित प्रतिनिधि मण्डलसँग भेट-वार्ता गर्नुभएको छ।

महासचिव सीले दुवै किनारा बीचको सम्बन्धमा पूर्ण विश्वस्तता प्रकट गर्दै दुवै किनारा बीचको सम्बन्धलाई शान्तिपूर्ण रूपमा विकास गर्ने र जातिय पुनरुत्थानलाई संयुक्त रुपमा प्रतिवद्धताका साथ जातिय हितअनुकूल बनाइराख्ने बताउनुभयो।

पहिलो, सन् 1992 को आम सहमति" को कडा समर्थन, "थाइवान स्वतन्त्र"को कडा विरोध, दोस्रो, दुवै किनारा बीचको सबल सहयोग, तेस्रो, दुवै किनारका सर्वसाधारणहरुको लाभका लागि सक्दो प्रयास र चौथो, जातिय पुनरुत्थानका लागि दुवै किनाराका जनताबीच एकतावद्ध भाव हुनुपर्ने राष्ट्राध्यक्ष सीले औंल्याउनुभयो।

त्यस्तै पूर्वअध्यक्ष ल्येङ चाङले पनि एक चीन, दुई किनाराबीचको शान्ति, आपसी हित र मेलमिलाप, जातिय पुनरूत्थान यी चार वटा प्रस्ताव प्रस्तुत गर्नुभयो।

जानकारी तथा लेखहरु