फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा केन्द्रीय अर्थ समितिका दोस्रो सम्मेलनको अध्यक्षता

(GMT+08:00) 2018-07-14 15:24:06

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष, चिनियाँ केन्द्रीय अर्थ समितिका अध्यक्ष सी चिनफिङले तेह्र तारिख दिउँसो अर्थ समितिका दोस्रो सम्मेलनको अध्यक्षता गर्नुभयो।

उहाँले मुख्य प्रविधि नै राष्ट्रको महत्वपूर्ण हतियार भएको बताउँदै देशको उच्च गुण स्तरको आर्थिक विकास र राष्ट्रिय सुरक्षा धेरै महत्वपूर्ण विषय रहेको बताउनुभयो। उहाँले देशको मुख्य प्रविधिको सिर्जना क्षमतालाई बढाउन आवश्यक रहेको चर्चा गर्दै प्रविधिलाई ठूलो शक्तिका रुपमा विकास गर्नुपर्ने औंल्याउनुभयो।

चिनियाँ राजनैतिक व्यूरोको स्थायी सदस्य, चीनका प्रधानमन्त्री एवं चिनियाँ केन्द्रीय अर्थ समितिका उपाध्यक्ष ली ख छ्याङ, चिनियाँ राजनैतिक व्यूरो स्थायी सदस्य, केन्द्रीय समिति सचिवालयका सचिव एवं चिनियाँ केन्द्रीय अर्थ समितिका उपाध्यक्ष वाङ हु निङ, चिनियाँ राजनैतिक व्युरोको स्थायी सदस्य, चीनका उप प्रधानमन्त्री एवं चिनियाँ केन्द्रीय अर्थ समितिका उपाध्यक्ष हान चङ पनि यस सम्मेलनमा सहभागी हुनुभएको थियो।

जानकारी तथा लेखहरु