फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सातौं विश्व शान्ति मञ्चको उद्धाटन याङ च्ये छको सम्बोधन

(GMT+08:00) 2018-07-14 15:24:31

सातौं विश्व शान्ति मञ्च आज चीनको छिङह्वा विश्वविद्यालयमा आयोजित गरिएको छ। यस पटकको मञ्चको मुख्य विषय "सुरक्षा समुदायको निर्माणः समानता, निष्पक्ष र न्याय" भन्ने हो। चिनियाँ राजनैतिक व्यूरोका सदस्य एवं चिनियाँ वैदेशिक मामिला समिति कार्यालयका प्रमुख याङ च्ये छले यस पटकको मञ्चको उद्धाटन समारोहमा सहभागी भएर सम्बोधन दिनुभयो।

उहाँले सी चिन फिङ वैदेशिक मामिला सम्बन्धि अवधारणाको निर्देशनमा चीनले विश्व शान्तिको निर्माण, विश्व विकासमा योगदान र अन्तर्राष्ट्रिय संरक्षणकर्ताको भूमिका निर्वाह गरेको बताउनुभयो। उहाँले हाल विभिन्न मुलुकले आपसी विश्वास तथा सहयोग, साझा समृद्धि, निष्पक्ष, न्यायिक सुधार, सिर्जना र दिगो विकासको सिद्धान्तको आधारमा अन्तर्राष्ट्रिय सुरक्षा समस्याको समाधान गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले चीनले विभिन्न मुलुकसँग दीर्घकालीन शान्तिसुरक्षा तथा विश्वको संयुक्त निर्माण, मानव भाग्य समुदायको र मानव शान्ति मामिलाको प्रवर्द्धनमा झन् बढी योगदान गर्ने बताउनुभयो।

अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कार्जाइ, पाकिस्तानका पूर्व प्रधानमन्त्री मोहम्मद अजिज, यूरोपेली समितिका पूर्व अध्यक्ष फ्यान लङपेई आदि विदेशी नेताहरु पनि मञ्चमा सहभागी छन्।

जानकारी तथा लेखहरु