फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी प्रविधि एकाधिकारवादले उसैलाई घाटा

(GMT+08:00) 2018-07-14 16:10:54

अमेरिका विश्वमै सुपरिचित बलियो प्राविधिक मुलुक हो, प्रविधि सिर्जनामा उसको पूर्ण नेतृत्वदायी स्थिति छ। तर हालै अमेरिकाले व्यापार संघर्षमार्फत केही एकपक्षीय कदम चाल्दै चीन-अमेरिका प्राविधिक आदान-प्रदान र सहयोगमा अवरोध उत्पन्न गरेको छ। अमेरिकाले कसरी "चीनको आर्थिक आक्रमणबाट अमेरिका र विश्वप्रविधि तथा बौद्धिक सम्पत्ति अधिकारमाथि धम्की" सम्बन्धि प्रतिवेदन सार्वजनिक गरेको छ र आफ्नो मुख्य प्रविधिबाट अरु मुलुकलाई प्रतिबन्धित गरेको छ? सोबाट अमेरिकी प्रविधि एकाधिकारवादको विशेषता झल्किन्छ।

हालै अमेरिकी प्रविधि एकाधिकारवादको मुख्य मुख्य प्रदर्शनः पहिलोः आफ्नो मुख्य प्रविधिबाट निश्चित प्रतिष्पर्धीहरुमाथि प्रहार गर्न र उच्च लाभ हासिल गर्न, दोस्रोः आफ्नो देशको सुरक्षाको कारण देखाएर प्रतिष्पर्धात्मक बजारमा हस्तक्षेप बढाउन, बजारको सामान्य माग र लगानी ध्वस्त पार्न, तेस्रोः भन्सार कर आदि कदमबाट अरु मुलुकको उच्च प्रविधि सम्बन्धित उत्पादनहरु अमेरिकामा निर्यातमा प्रतिबन्ध लगाएर अनि अरु देशको उच्च प्रविधिको विकासमा प्रहार गरेको छ।

तर अमेरिकाले गलत तरिका छनौट गरेको छ, सो बाट गम्भीर नतिजा निम्तिनेछ। पहिलोः एकपक्षीय प्राविधिक एकाधिकारवादको कारवाहिबाट विश्व प्रविधि र व्यापार युद्ध थालिएको छ, विश्व प्रविधि प्रगतिमा र अन्तर्राष्ट्रिय आर्थिक विकासमा गम्भिर नकारात्मक प्रभाव ल्याइने छ। दोस्रोः आधुनिक अन्तर्राष्ट्रिय विभाजन प्रणाली र अन्तर्राष्ट्रिय नियमलाई बेवास्ता गरी अमेरिकाले एकपक्षीय चरम व्यवहार देखाएबाट विश्व ध्रुवीकरण ढाँचालाई ध्वस्त पारेको छ। तेस्रोः अरु देशको प्रविधिको प्रगतिको आवश्यकताको सम्मान गरेको छैन, सो बाट विचलन ल्याउनेछ। चौथोः प्राविधिक प्रगतिको व्यवस्था उल्लङ्घन गर्दै प्रविधिको प्रतिष्पर्धात्मक दवावलाई घटाएर अन्तिममा आफ्नै प्राविधिक प्रगतिको शक्ति कमजोर हुनेछ।

विश्वको विकास परिस्थितिमा विश्व प्राविधिक सुधार र व्यवसायको सुधार द्रूत गतिले बढिरहेको छ। विकसित प्रविधिको हस्तान्तरण र विस्तारमा प्रतिबन्ध लगाउन सकिने छैन। चीनको प्रविधिको सिर्जना निश्चित रूपमा विकसित भएरै छाड्नेछ।

जानकारी तथा लेखहरु