फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्रसंघका सुरक्षा परिषदद्वारा पाकिस्तानमा भएको आतंकवादी हमलाको निन्दा

(GMT+08:00) 2018-07-15 14:57:08
संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले चौध तारिख एउटा वक्तव्य प्रकाशित गर्दै तेह्र तारिख पाकिस्तानको दक्षिण-पश्चिमी भागमा पर्ने बलोचिस्तान राज्यको मास्तुङ क्षेत्रमा भएको आत्मघाती आक्रमणलाई कडा निन्दा व्यक्त गरेको छ। वक्तव्यमा मृत्यु भएका परिवार र पाकिस्तान सरकारलाई हार्दिक समवेदना प्रकट गरेको छ।

वक्तव्यमा यस किसिमको आतंकवादी आक्रमणमा संलग्न व्यक्ति, आयोजक, समर्थकहरुलाई पक्राउ गर्नु आवश्यक रहेको जनाएको छ। वक्तव्यमा सबै मुलुकले अन्तर्राष्ट्रिय कानून र सुरक्षा परिषदको सम्बन्धित निर्णय अनुसार पाकिस्तानी सरकार र अरु सम्बन्धित पक्षसँग सकारात्मक सहयोग गर्न ताकिता गरेको छ।

सुरक्षा परिषदले कुनै पनि किसिमको आतंकवाद अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबै गम्भीर धम्कीहरु मध्ये एक भएको बताउँदै सबै मुलुकले आतंकवादमाथिको कार्वाहीलाई सक्दो प्रतिरोध गर्नुपर्नेमा जोड दिएको छ।

जानकारी तथा लेखहरु