फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–चीन केरुङ सीमा प्रवेशका लागि रसुवावासीको मात्रै नवीकरण हुने

(GMT+08:00) 2018-07-15 15:07:09
विगतमा अध्यागमन कार्यालयबाट जारी भएका नेपाल–चीन केरुङ सीमा परिचयपत्रमध्ये वास्तविक रसुवावासीको परिचयपत्र मात्र नवीकरण गर्न आग्रह गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार रसुवामा चार आना खरीद गरी बसाइँसराइ गरेर क्षणिक समयका लागि केरुङ जान बनाइएका सबै सीमा परिचयपत्रको आ.व.०७५/७६ मा नवीकरण रोकी वास्तविक रसुवावासीको मात्र परिचयपत्र नवीकरणको प्रक्रिया अगाडि बढाइदिन अध्यागमन कार्यालयलाई अनुरोध गरिएको हो।

केही व्यक्तिको रसुवामा कुनै पनि घर नभएको, सीमा क्षेत्रका बासिन्दाले केरुङ जानका लागि बसाइँसराइ गरेर परिचयपत्र मात्र लिएकाले रसुवागढी नाकाको व्यवस्थापनका लागि वास्तबिक रसुवावासीको पहिचान गरेर मात्र नवीकरण गरिदिन आग्रह गरिएको समेत प्रमुख भट्टले बताउनुभयो।

बसाइँसराइबाट विगतको समयमा केरुङ जाने परिचयपत्र लिनेको संख्या तीन सयभन्दा बढी जारी भइसकेको देखिएको र जिल्लावासीको हकमा स्पष्ट निर्देशनका लागि माथिल्लो निकायमा जाहेर भइसकेको बताउँदै रसुवागढीस्थित अध्यागमन कार्यालयका प्रमुख मनोजकुमार पोख्रेलले कुनै नीति नभएकाले विगतमा भइरहेका कार्यलाई आफूले निरन्तरता दिँदै आएको बताउनुभयो। रसुवागढी अन्तर्राष्ट्रिय नाका भएकाले सबै व्यवसायीको कारोबारमा सहज बनाउन एकदिने पासका लागि गृह मन्त्रालयमा अनुरोध गरिसकेको र यसको व्यवस्था भए सबै समस्या समाधान हुने पमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

जानकारी तथा लेखहरु