फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको एक प्रतिशत किसानले मात्रै संस्थागत रूपमा चियाखेती गर्दै

(GMT+08:00) 2018-07-15 15:32:54
चिया उत्पादनमा संलग्न एक प्रतिशत किसानले मात्रै संस्थागत रूपमा खेती गर्ने गरेको पाइएको छ। केन्द्रीय तथ्यांक विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले संयुक्त रूपमा गरेको 'व्यावसायिक चिया खेती सर्वेक्षण २०७५' मा यस्तो देखिएको हो ।मुलुकभरि १४ जिल्ला ताप्लेजुङ, सखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर, रामेछापमा व्यावसायिक चिया खेती हुने गरेको छ । ती जिल्लामा ९ हजार २ सय ३६ कृषक/व्यवसायीले खेती गर्छन् । जसमध्ये १ सय ८ कृषक/व्यवसायी (१.२ प्रतिशत) ले मात्रै संस्थागत रूपमा खेती गर्दै आएको सर्वेक्षणमा उल्लेख छ । बाँकी ९ हजार १ सय २७ (९८.८ प्रतिशत) ले भने व्यक्तिगत रूपमै खेती गर्दै आएका हुन् । मुलुकभर १२ हजार ६७ हेक्टरमा चिया खेती हुने गरेको अध्ययनले देखाएको कान्तिपुर अनलाइनले लेखेको छ।

व्यावसायिक खेती हुन नसक्दा माग भए पनि पर्याप्त मात्रामा उत्पादन र निर्यात हुन सकेको छैन । अधिकांश किसान परम्परागत रूपमै खेती गर्दै आएका छन् । बोर्डका अनुसार मुलुकमा सीटीसी र अर्थोडक्स चिया उत्पादन हुन्छ । उत्पादन भएका ५५ प्रतिशत सीटीसी चिया भारत निर्यात हुन्छ । अर्थोडक्स चिया ९० प्रतिशत भारतलगायत अन्य मुलुकमा निर्यात हुन्छ । 'करिब ३ अर्बको चिया निर्यात हुन्छ । अर्थतन्त्रको हिसाबले चिया सबैको चासोको विषय हो,' बोर्डका प्रमुख शेषकान्त गौतमले भन्नुभयो, 'माग प्रशस्त भए पनि पर्याप्त मात्रामा उत्पादन हुन सकेको छैन।'

जानकारी तथा लेखहरु