अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण क्षेत्रलाई 'पर्या पर्यावरण कुमारी क्षेत्र' घोषणा गर्ने भएको छ । विश्वका १० उत्कृष्ट पदमार्गमध्ये पर्ने अन्नपूर्ण पदमार्ग क्षेत्रको पर्यावरणीय संरक्षणलाई दृष्टिगत गरी गाउँपालिकाले उक्त नीति अवलम्बन गर्न लागेको हो। गाउँपालिकाका प्रमुख युवराज कुँवरका अनुसार अन्नपूर्ण आधार शिविर मार्गमा पर्ने छोम्रेङमाथि कुनै पनि पूर्वाधार विकासका नाममा मेसिनरी औजार प्रयोग गरिने छैन।
अन्नपूर्ण हिमालको आधार शिविरलगायत अन्य आवश्यक स्थानमा साझेदारी नीतिका आधारमा पर्यटकको बसाइँ व्यवस्थित, सुरक्षित बनाउन सार्वजनिक जग्गामा रहेका लज एवं रेष्टुरेन्टमा निश्चित कोठा थप गर्ने नीति अवलम्बन गरिने कुँवरले जानकारी दिनुभयो । पदमार्ग क्षेत्रमा होटलको स्तरोन्नतिका साथै होटेलको संख्या थप गर्न र पर्यापर्यटनमा अभिवृद्धि गर्न कार्यदल निर्माण गरी त्यसबारे आवश्यक अध्ययन गरी निर्णय लिने गाउँपालिकाको योजना छ।
अध्यक्ष कुँवरका अनुसार पदयात्रा पर्यटनको विकासका लागि गाउँपालिकाले हालै ग्रेट अन्नपूर्ण ट्रेकिङ ट्रेलको डिपिआर तयार गरेको छ । पदयात्रा पर्यटनलाई गाउँपालिकाले प्राथमिकतामा राख्नु स्वागतयोग्य भएको टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपकराज अधिकारीले बताउनुभयो । "अन्नपूर्ण चक्रिय पदमार्गको उत्तर तर्फका मार्ग संकटमा परिरहेका अवस्थामा दक्षिणी भेगतर्फ यसको संरक्षण एवं प्रवर्द्धनमा भइरहेको प्रयास सह्रारनीय छ," उहाँले भन्नुभयो।