फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-संयुक्त अरब इमिरेटसबीच 'चाइना थिएटर' प्रसारण सम्झौता सम्पन्न

(GMT+08:00) 2018-07-15 15:56:24

केन्द्रिय मिडिया ग्रूप (सी.एम.जी.) तथा संयुक्त अरब इमिरेटसको चाइना अरब टी.भी. स्टेशनले जुलाई १४ तारिख दुबइमा 'चाइना थिएटर' प्रसारण सम्झौताको हस्ताक्षर समारोह अर्थात् टी.भी. श्रृंखला प्रसारण समारोहको आयोजना गरेका छन्।

सो सम्झौता बमोजिम, सी.एम.जी.ले अनुवाद गरेको चिनियाँ टी.भी. श्रृंखलाको अरबी भाषा संस्करण चाइना अरब टी.भी. स्टेशनको कार्यक्रममा प्रसारण गरिने छ। पहिलो खेपमा प्रसारण हुने टी.भी.श्रृंखलामा 'ओ दु जोइ', 'पैचिङ युथ' तथा 'चिनथाइलाङको सुखमय जीवन' समेटिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको प्रचारप्रसार विभागका उप मन्त्री, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको नीति अनुसन्धानालयका उप-प्रमुख तथा राष्ट्रिय चलचित्र व्यूरोका प्रमुख वाङ स्याउ ह्वी, संयुक्त अरब इमिरेटस प्रेस कार्यालयका सल्लाहकार ओलिएर काफायाको उपस्थितिमा सो समारोह आयोजित भएको हो।

'चाइना थिएटर' नै सी.एम.जी.ले विदेशमा चिनियाँ चलत्रिच तथा टी.भी.श्रृंखलाको प्रसारणको लागि डिजाइन गरेको मार्का हो र विदेशी टी.भी. स्टेशनसँगको सहयोगमा नियमित समय तथा कार्यक्रममा सोही देशको मात्रृभाषामा अनुदित श्रेष्ठ चिनियाँ चलचित्र वा टी.भी.श्रृंखलाको प्रसारण 'चाइना थिएटर'मार्फत नै गरिने गर्दछ।

1  2  3  
जानकारी तथा लेखहरु