फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुरक्षा तथा व्यापार सहयोगबारेमा अमेरिकी विदेश मन्त्री र मेक्सिको सरकारबीच वार्ता

(GMT+08:00) 2018-07-15 16:26:37

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले १३ तारिख मेक्सिकोको भ्रमण गर्नुभएको छ। भ्रमणमा उहाँले उत्तर अमेरिका स्वतन्त्र व्यापार सन्धि, आप्रवास, सुरक्षा तथा सिमा लगायतका विविध विषयबारे मेक्सिको पक्षसँग छलफल गर्नुभएको छ।

सोही दिन विदेश मन्त्री माइक तथा उहाँको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधि मण्डलले मेक्सिकोका वर्तमान राष्ट्रपति इनरिक पेना नियटो, नव-निर्वाचित राष्ट्रपति एन्द्रेस मानुएल लोपेच ओब्रादोर तथा वर्तमान विदेश मन्त्री लुइस पीदगालाइसँग भेटवार्ता गर्नुभएको छ। भेटपछि आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्री माइकले अमेरिका तथा मेक्सिको छिमेकी, साझेदार तथा साथी भएको र अमेरिकाको राजनैतिक, आर्थिक हित एवम् सामाजिक सुरक्षाको लागि मेक्सिको निकै महत्वपूर्ण भएको ठहर गर्नुभयो।

जानकारी तथा लेखहरु