फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेस्रो "एक देश दुई व्यवस्था" र हङकङ आधारभूत कानून सम्बन्धि गोष्ठि हङकङमा आयोजित

(GMT+08:00) 2018-07-15 16:42:19

चौध तारिख तेस्रो "एक देश दुई व्यवस्था" र हङकङ आधारभूत कानून सम्बन्धि गोष्ठि हङकङमा आयोजित भयो। यस पटकको गोष्ठीको मुख्य उद्देष्य हङकङद्बारा मातृभूमिमा फिर्ताको २१ वर्ष यता आधारभूत कानून कार्यान्वयनको ठोस अवस्था, "एक देश दुई व्यवस्था"मा भविष्यको विकासको नयाँ दिशा र नयाँ शक्तिबारे छलफल गरिने छ।

चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका सदस्य एवम् हङकङ नयाँ शक्ति युवा थिंक ट्यांकका निर्देशक याङ च होङले स्वागत सम्बोधन गर्नुभयो। उहाँले हङकङ मातृभूमिमा फिर्ता भएको एकाईस वर्षको अनुभव अनुसार, एक देशको नीतिको आधारमा दुई व्यवस्थाको पूर्ण कार्यान्वयन गर्न मुलुक र हङकङको विकासका लागि हितकर छ। हङकङको समृद्धि र स्थिरताको सुरक्षा, कानून र स्वतन्त्रता आदि मुख्य विषयलाई सुरक्षा गर्नुपर्ने पनि उहाँले बताउनुभयो।

हङकङका लागि चिनियाँ केन्द्रिय सरकारका सम्पर्क कार्यालयका उप प्रमुख छङ तोङ, राष्ट्रिय जनकाङग्रेस स्थायी समितिका सदस्य एवम् हङकङ प्रगति तथा सुधारसम्बन्धी प्रजातान्त्रिक गठवन्धनका परामर्शदाताले यो गोष्ठीमा सहभागी भएर सम्बोधन पनि गर्नुभयो।

जानकारी तथा लेखहरु