फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानमा भएको गम्भीर आतंकवादी हमलाप्रति चिनियाँ राष्ट्राध्यक्ष सीको समवेदना

(GMT+08:00) 2018-07-15 19:51:28

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई १५ तारिख पाकिस्तानमा भएको गम्भीर आतंकवादी हमलाप्रति पाकिस्तानी राष्ट्रपति मामनुन हुसेनलाई शोक सन्देश पठाउनुभएको छ। सन्देशमा राष्ट्राध्यक्ष सीले हमलामा परी मारिएकाहरूप्रति हृदयदेखि शोक व्यक्त गर्दै मारिएकाका आफन्तजनप्रति सदिच्छापूर्ण समवेदना प्रकट गर्नुभएको छ।

आतंकवाद मानवजातिको साझा शत्रु भएको भन्दै सीले चीनले जुनसुकै किसिमको आतंकवादको कडा विरोध गर्ने उल्लै गर्नुभएको छ र यस हमलाको कडा निन्दा पनि गर्नुभएको छ। चिनियाँ जनताले पाकिस्तानीहरू संगसँगै मिलेर आतंकवादमाथि प्रहार गर्न, देशको स्थिरता तथा जिउधनको सुरक्षाका लागि गरेको प्रयासको समर्थन दिँदै जाने पनि सीले लेख्नुभएको छ।

जानकारी तथा लेखहरु