फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा एकै वर्ष ३ खर्ब ३० अर्बको लगानी प्रतिबद्धता

(GMT+08:00) 2018-07-16 14:16:44

चालू आर्थिक वर्ष (२०७४-७५) मा नेपलामा ३ खर्ब ३० अर्ब रुपैयाँ लगानीको विदेशी प्रतिबद्धता प्राप्त भएको छ। उद्योग विभागमा कृषिजन्य, निर्माण, ऊर्जा, सूचना प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमुलक, खनिज, सेवा तथा पर्यटन क्षेत्रमा यो लगानीको प्रतिबद्धता आएको कारोबार अनलाइनले लेखेको छ। प्रतिबद्धता बमोजिम लगानी आएमा ४ सय ८८ वटा नयाँ उद्योग थपिनेछन भने २७ हजार रोजगारी थपिनेछ। चालू आर्थिक वर्ष (२०७४-७५) मा ३ खर्ब ३० अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता प्राप्त भएको छ।

उद्योग विभागमा कृषिजन्य, निर्माण, ऊर्जा, सूचना प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमुलक, खनिज, सेवा तथा पर्यटन क्षेत्रमा यो लगानीको प्रतिबद्धता आएको हो। प्रतिबद्धता बमोजिम लगानी आएमा ४ सय ८८ वटा नयाँ उद्योग थपिनेछन भने २७ हजार रोजगारी थपिनेछ। गत आर्थिक वर्ष २०७३-७४ मा १ खर्ब ६३ अर्बको लगानी प्रतिबद्धता आएकोमा चालू वर्षमा लगानी दोब्बर भन्दा बढीले वृद्धि भएको छ। ऊर्जा र उत्पादन र सेवामुलक उद्योगमा लगानीको लागि प्रतिबद्धता विगतका वर्षमा भन्दा निकै बढेको छ।

विभागका अनुसार ऊर्जामामात्रै २ खर्ब १४ अर्ब २३ करोड रुपैयाँको लगानीको प्रतिबद्धता आएको छ। गत आर्थिक वर्षमा ऊर्जा क्षेत्रमा ८२ अर्ब रुपैयाँको मात्रै लगानीको प्रतिबद्धता आएको थियो। यस्तै उत्पादनमुलक उद्योगमा ७७ अर्ब, पर्यटन उद्योगमा २३ अर्ब, सेवामुलकतर्फ ५ अर्ब ९ करोड, कृषिजन्य उद्योग २ अर्ब ३८ करोड, निर्माण ४ अर्ब ७३ करोड रुपैयाँको प्रतिबद्धता आएको तथ्यांकले देखाएको छ। उद्योग विभागका सूचना अधिकृत दुर्गाप्रसाद भुसाल नेपाल अन्तर्राष्ट्रिय लगानी सम्मेलन २०७३ को प्रभावका साथै नीतिगत सुधार भएका कारण लगानी बढेको बताउनुहुन्छ। लगानी सम्मेलन सबै शीर्ष नेताले एकै आवाजमा देशमा लगानीको वातावरण बनाउने भन्दै विदेशी लगानीकर्ताहरूलाइ नेपालमा लगानी गर्न आग्रह गर्नु भएको थियो।

नीतिगततर्फ पनि औद्योगिक व्यवसाय ऐन, खानी ऐन, पेटेन्ट डिजाइन तथा ट्रेडमार्क ऐन, सेज ऐन तथा नियमावली आएका छन्। नीतिगत रूपमा सुधार आएको छ भने दुई तिहाइ मत प्राप्त सरकार गठन हुनुले पनि लगानीका लागि आशा पलाएको सूचना अधिकृत भुसाल बताउनुहुन्छ। "लगानीका लागि मुख्य समस्या नै राजनीतिक अस्थिरता थियो, अब भने देशमा स्थिरता आउने देखिएको छ," उहाँ भन्नुहुन्छ, "उद्योगहरूले बिजुली पनी पाएका छन्, लोडसेडिङ छैन।" अब भने देशमा लगानीका लागि वातावरण बन्दै जाने र रोजगारीका अवसर सिर्जना हुने उनको अनुभव छ। उद्योगमा विभागमा २ अर्ब रुपैयाँभन्दा कम लगानीका विदेशी लगानी स्वीकृत गर्ने प्रावधान छ। २ देखि १० अर्ब रुपैयाँका लगानी औद्योगिक प्रवद्र्धन बोर्ड र १० अर्बभन्दा बढीका लगानी बोर्डमार्फत आउने गरेको छ। नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका देशमा लगानीको वातावरणमा सुधार आएकोले स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता बढेको बताउनुहुन्छ। नीतिगत रुपमा जति सुधार हुनुपर्ने हो त्यो नभएको भन्दै निकै पुराना ऐन नियमबाट चल्नुपरेको उहाँको भनाइ छ।

स्वदेशी लगानीकर्ताले लगानी बढाएमा मात्रै विदेशी लगानीकर्ता आउने भन्दै उहाँले देशभित्रैका लागनीकर्तालाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। एकातर्फ प्रतिबद्धताको रकम बढेको छ तर बास्तवमा त्यो लगानी आएको छ वा छैन भनेर भने कुनै अध्ययन भएको छैन। प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मात्रै नभएर स्वदेशी लगानी कर्ताले पनि उद्योग दर्ता गरी लाइसेन्स होल्ड गर्ने प्रवृत्ति बढेको छ। एफडीआई प्रतिबद्धता बर्सेनि बढे पनि सोहीबमोजिम लगानी भने भित्रन सकेको छैन। विदेशी लगानीमा दर्ता भएका उद्योग कति छन् र तिनमा बास्तविक लगानी कति भएको छ भन्ने एकीकृत तथ्यांक हालसम्म कुनै सरकारी निकायसँग छैन।

जानकारी तथा लेखहरु