फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निगमको काठमाडौं–दोहा दैनिक उडान अगस्ट १ बाट

(GMT+08:00) 2018-07-16 14:18:03

नेपाल वायुसेवा निमगले असार १४ मा भित्र्याएको वाइडबडी विमानले काठमाडौं–दोहा दैनिक उडान गर्ने भएको छ। साउन १६ देखि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले खरिद गरेको ब्रान्ड न्यु विमानले दोहाको दैनिक उडान गर्ने नेपाल वायुसेवा निमगका महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी दिनुभएको नेपाल खबर अनलाइनले लेखेको छ।

नेपाल वायुसेवा निगमको ९एन–एएलवाई एयरबस ३३०–२०० विमानले नयाँ गन्तव्यमा उडान अनुमति नपाएपछि पहिलो नयाँ एयरबसले दोहामा उडान गर्न लागेको हो। आन्तर्राष्ट्रिय मान्यता अनुरुप नयाँ विमानले नयाँ गन्तव्यमा उडान गर्न नपाईने महाप्रवन्धक कंसाकारले जनकारी दिनुभयो।

वाइडबडी विमान जापान, साउदी अरेबीया र कोरियालाई लक्षित गरि खरिद गरिएको हो। युरोप र अमेरिका उडान निगमको दोस्रो योजनामा रहेको छ। निगमले केही दिनपछि अर्को पनि वाइडबडी विमान भित्र्याउँदैछ।

नयाँ गन्तव्यका लागि नेपाल सरकार र निगमले प्रयास गर्दै आएको छ। निगमले नयाँ गन्तव्य जापानमा असोज महिना भित्र नियमित उडान गर्ने योजना बनाएको छ। काठमाडौंबाट जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने निगमले जानकारी दिएको छ। त्यसैगरी निगमले साउदी अरेबीया र कोरियामा समेत उडानका लागि प्रक्रिया अगाडि बढाएको छ।

निगमले खरिद गरेको ३३०–२०० विमान उडान गर्ने क्पाप्टेनका लागि रु १८ लाख र को–पाइलटका लागि रु १२ लाख खर्च लाग्ने अनुमान निगमको रहेको छ। यो रकम कर सहितको हो। निगमले खरिद गरेको २ वटा एयरबस ३३०–२००विमान २७४ सिट क्षमताको हो। 'यी दुई विमान उडानका लागि केही महिना भित्र स्वदेशी ६ जना क्याप्टेन र ६ जना को–पाइलट तयार हुने छ,' महाप्रवन्धक कंसाकारले भन्नुभयो, 'साथै थप विदेशी १२ जना क्याप्टेन र १२ जना को–पाइलटलाई करारमा ल्याउने योजना छ।'

नेपाल सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको १२–१२ अर्ब ऋणमा ठूला जहाज खरिद गरिएको हो। राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले अमेरिकी एएआर कर्पोरेसनमार्फत प्रतिजहाज १० करोड ४८ अमेरिकी डलरमा खरिद गरेको हो।

निगमले खरिद गरेको थप एउटा विमान नेपाल आएसँगै निगमसँग अन्तर्राष्ट्रिय उडान बोइङ ९ एसिबी–५७५ र दुईवटा एयरबस ३२० विमानबाट गर्दै आएको छ। वाइडबडी दुईवटा थप भएसँगै निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ५ वटा विमान हुनेछन्। हाल नेपालबाट ८ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्नेछन्।

हङकङ, क्वालालम्पुर, बैंकक, दोहा, दुबई, नयाँ दिल्ली, बेङ्लोर र मुम्बईमा नेपाल एयरलाइन्सका उडान रहेका छन्। आन्तरिक उडानका लागि निगमसँग वाइ १२ चारवटा र एमए १६ दुईवटा र दुईवटा ट्विनटर विमान छन्।

जानकारी तथा लेखहरु