फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालु वर्षको उत्तरार्द्धमा चीनको अर्थतन्त्र स्थिरताका साथ राम्रो दिशातर्फ विकास हुने

(GMT+08:00) 2018-07-16 16:02:09

चीनको राष्ट्रिय तथ्यांक व्यूरोका प्रवक्ता माउ शङ युङले आज जुलाई सोह्र तारिख पैचिङमा चालु वर्षको उत्तरार्द्धमा चीनको अर्थतन्त्र स्थिरताका साथ राम्रो दिशातर्फ विकास हुँदै गएको र यो प्रवृत्तिमा परिवर्तन नहुने बताउनुभएको छ।

प्रवक्ता माउले चालु वर्षको पूर्वार्द्धको मुख्य तथ्यांकबाट आर्थिक बृद्धि बनौटमध्ये स्वदेशी आवश्यकता निर्णय शक्ति रहेको र स्वदेशी आवश्यकतामध्ये उपभोग महत्वपूर्ण शक्ति रहेको बताउनुभयो।

उहाँले लगानीमा पनि चालु वर्षको उत्तरार्द्धमा आधारभूत स्थिरताको प्रवृत्ति हुने, उत्पादन व्यवसायको लगानीमा लगातार तीन महिनासम्म तीब्र रुपमा बृद्धि भएको, चालु वर्षको उत्तरार्धमा रियल स्टेटको लगानीमा पनि तिब्र बृद्धि हुने, आधारभूत प्रबन्धको लगानी चालु वर्षको उत्तरार्द्धमा आधारभूत रुपमा स्थिर हुने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु