फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ शान्ति संरक्षण हेलिकप्टर टोली संयुक्त राष्ट्र संघद्वारा पुरस्कृत

(GMT+08:00) 2018-07-16 16:23:42
पहिलो चिनियाँ शान्ति संरक्षण हेलिकप्टर टोली पदक वितरण समारोह जुलाई १५ तारिख सुडानको डाफरमा आयोजना भएको छ। सो टोलीका सम्पूर्ण १४० जना पदाधिकारी तथा सेनाले संयुक्त राष्ट्र संघबाट 'शान्ति संरक्षण पदक' प्राप्त गरेका छन्।

सोही दिन विहान संयुक्त राष्ट्र संघ तथा डाफरका लागि अफ्रिकी लिग तथा संयुक्त राष्ट्र संघ मिसनका विशेष प्रतिनिधि जेरेमइआह मामाबोलोले पदक वितरण समारोहलाई सम्बोधन गर्दै डाफर क्षेत्रको शान्ति पुनर्निर्माण तथा मानवतावादी सहायतामा उत्कृष्ट काम गरी नमूना राखेको विचार व्यक्त गर्नुभएको छ।

चिनियाँ शान्ति संरक्षण हेलिकप्टर टोलीका प्रमुख छन वनलुङले जानकारी दिए अनुसार, हालसम्म सो टोलीले लगभग ८०० घण्टाको सुरक्षित उडान गरिसकेको छ भने ५००० व्यक्तिको उद्दार गरिसकेको छ। साथै ढुवानी गरेको सामान तथा प्रबन्धको तौल लगभग २०० टन पुगेको छ।

जानकारी तथा लेखहरु