फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीद्वारा यूरोपेली परिषदका अध्यक्ष र यूरोपेली संघका अध्यक्षसँग भेटघाट

(GMT+08:00) 2018-07-16 19:48:58

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज जुलाई सोह्र तारिख त्याउ यु थाइ राष्ट्रिय अतिथि गृह भवनमा बीसौं चीन-यूरोपेली संघका नेताहरूको सम्मेलनमा उपस्थित हुन चीन आउनुभएका यूरोपेली परिषदका अध्यक्ष डोनाल्ड टुस्क र यूरोपेली संघका अध्यक्ष जिन क्लाउड जुन्करसँग भेटघाट गर्नुभएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सीले चीन र यूरोपेली संघ विश्वको शान्तिका निर्माणकर्ता, विश्वको विकासका लागि योगदान दिएका पक्ष, अन्तर्राष्ट्रिय पद्धत्तिको संरक्षण गर्ने पक्ष रहेको भन्दै चीनले पारस्परिक रुपमा सम्मान, सहयोगात्मक र साझा विजयी आधारमा यूरोपेली संघसँग मिलेर चीन र यूरोपेली संघबीचको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको विकासलाई अगाडि बढाउने आशा लिएको बताउनुभयो।

चीनले सधैँ नै यूरोपेली संघलाई अन्तर्राष्ट्रिय बनौटको स्थिर विकासका लागि हितकर हुने एक महत्वपूर्ण शक्तिको रुपमा लिएको, चीन र यूरोपेली संघबीचको चौतर्फी रणनैतिक साझेदारी सम्बन्धको सही दिशालाई निरन्तर रुपमा कायम राख्नुपर्ने कुरामा जोड दिनुभयो।

यूरोपेली परिषदका अध्यक्ष टुस्क र यूरोपेली संघका अध्यक्ष जुन्करले चीनले यूरोपको एकीकरण प्रक्रियाको समर्थन दिएकोमा यूरोपेली संघले कृतज्ञता ज्ञापन गर्दै यूरोपेली संघले चीनसँग विभिन्न क्षेत्रको सहयोगलाई विस्तार गर्ने, अन्तर्राष्ट्रिय मामिला क्षेत्रमा सम्पर्क र समन्वयलाई बढाउने आशा लिएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु