फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी र युनेस्कोका महानिर्देशक बीच भेटघाट

(GMT+08:00) 2018-07-16 19:50:29

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई १६ तारिख पैचिङमा चीन भ्रमणमा रहनुभएका युनेस्कोका महानिर्देशक औड्री अजौलेसँग भेटघाट गर्नुभएको छ।

भेटमा राष्ट्राध्यक्ष सीले चीनको पहिलो भ्रमणमा रहनुभएका महानिर्देशक औड्रीको हार्दिक स्वागत गर्नुभएको छ। विश्वका विभिन्न मुलुक बीचको सम्बन्ध घनिष्ट बन्दैगएको पृष्ठभूमिमा मानवजातिका विविध सभ्यता सह-अस्तित्व रहिरहेकोले नयाँ युगमा प्रवेश भएको चीनमा एकातिर संस्कृतिको आत्म विश्वास उठाउँदै शैक्षिक, सांस्कृतिक क्षेत्रको ठूलो विकास गरिरहेको छभने अर्कातिर विभिन्न मुलुकले एक-अर्काको संस्कृतिको सम्मान गर्दै आपसी आदानप्रदान गर्ने धारणा लिएको राष्ट्राध्यक्ष सीले बताउनुभएको छ। चीनले प्रस्तुत गरेको बेल्ट एण्ड रोड इनिसिएटिभमा सहभागीहरूले संयुक्त निर्माण गर्नुका साथै एक अर्काका जनताको मनलाई पनि बुझेर पारस्परिक आदानप्रदानलाई बढाउनुपर्ने ठहर लिने कुरामा उहाँले जोड दिनुभयो। विश्वको विकासमा युनेस्कोले निर्वाह गर्ने भूमिकाको चीनले अडिगताका साथ समर्थन दिँदै जाने कुरामा राष्ट्राध्यक्ष सीले बताउनुभयो।

भेटमा युनेस्कोका निर्देशक ‌औड्रीले वर्तमान विश्वमा एकपक्षबादको आवाज बढ्दै गएको क्रममा अन्तर्राष्ट्रिय समाजले बहुपक्षवाद तथा वार्तामा समर्थन दिँदै जानुपर्ने विचार व्यक्त गर्नुभएको छ। साथै चीनले दिएको समर्थनको सराहना पनि गर्नुभएको छ।

जानकारी तथा लेखहरु