फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको परराष्ट्र मन्त्रालयको बेल्ट एण्ड रोड सम्बन्धी भनाइ

(GMT+08:00) 2018-07-16 19:52:02

बेलायती समाचारपत्र 'फाइनान्सियल टाइम्स'मा उल्लेखित बेल्ट एण्ड रोड इनिसिएटिभ विश्वमा कठिन अवस्थामा परेको दृष्टिकोणबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले भन्नुभएको छः यस दृष्टिकोण वास्तविक अवस्थासँग मेल खाँदैन। चीनका साझेदारहरूमा चीनसँग सहयोग गरेकाले ऋण संकटमा परेको कुनै मुलुक पनि छैन। हाल देखा परेको तथाकथित 'ऋण संकट' चीनबाट उत्पन्न भएको होइन।

प्रवक्ता ह्वाले अगाडि भन्नुभएको छः बितेका केही वर्षमा बेल्ट एण्ड रोड सम्बद्ध परियोजनाहरूबाट सम्बद्ध मुलुकको लागि २ अर्ब २० करोड अमेरिकी डलर बराबर कर आम्दानी भएको छ भने ती मुलुकहरूमा २ लाख रोजकारी अवसर सिर्जना भएकाले ती मुलुकका सरकार तथा जनताबाट हार्दिक स्वागत पाएको छ। ती परियोजनाहरूबाट धेरै विकासोन्मुख मुलुकमा पुँजी जुटाउने कठिन अवस्थाको पनि अन्त्य भएको छ।

जानकारी तथा लेखहरु