फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा अमेरिकी नीतिको खण्डन

(GMT+08:00) 2018-07-16 19:56:20

'३०१ बुँदा वक्तव्य'मा लामो समयदेखि अमेरिकाले चीनको व्यापार निश्पक्ष नभएको भन्दै आलोचनाको गर्दै आएको थियो। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङ्गका अनुसार अमेरिकाको आलोचना तथ्यगत नभएको र सत्य बङ्ग्याउनुका साथै कारणविहिन रहेको पुष्टि भएको छ।

आज जुलाई १६ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, अमेरिका विश्व व्यापार नियमको मुख्य निर्माता हुनुका साथै अमेरिकी डलर अन्तर्राष्ट्रिय व्यापारको मुख्य खाता संचालन हुने मुद्रा हो। नियम निर्माताद्बारा तर्जुमा भएको नियमले अरुलाई फाइदा पुर्‍याउनुका साथै आफ्नो फाइदामाथि क्षति पूर्‍याउने कुरा विश्वास गर्न नसकिने रहेको उहाँले बताउनुभयो। विगत चालीस वर्षमा चीन र अमेरिकाको व्यापार लगभग २३० गुणाले बढ्नुका साथै विगत दुई वर्षमा कुल व्यापार रकम ५ खर्ब अमेरिकी डलर पुगेकोछ। यो आर्थिक नियमको नतिजा हुनुका साथै दुई देशबीच आर्थिक तथा व्यापारिक सहयोगमा साझा हितकर र विजयी हुने नतिजा रहेको उहाँले औँल्याउनुभयो। हाल करिब १ सय २० मुलुक तथा क्षेत्रका लागि चीन सबैभन्दा ठूलो व्यापारिक साझेदारी हो। त्यति धेरै मुलुकले चीनसँग व्यापार गरिरहेकाले चीनले कसैलाई पनि हानि पुर्‍याउँदैन भन्ने कुराको पुष्टि भएको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु