फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी र रुसी राष्ट्रपतिबीच पहिलो भेटवार्ता

(GMT+08:00) 2018-07-17 14:58:47
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जुलाई सोह्र तारिख फिन्ल्याण्डको राजधानी हेल्सिन्कीमा भेटवार्ता गर्नुभएको छ। उहाँहरू दुई जनाको पहिलो भेटवार्ता "रचनात्मक" भएको, अमेरिका र रुसले निरन्तर रुपमा वार्ता गर्ने कुरा बताउनुभएको छ।

ट्रम्प र पुटिनले फिन्ल्याण्डको राष्ट्रपति भवनमा भेटवार्ता गर्नुभएको हो। भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले आफूले पुटिनसँग कोरियाली प्रायद्विपको आणविक समस्या, आतंकवादमाथिको प्रहार, इरान र सिरिया परिस्थितिबारे छलफल गरेको कुरा बताउनुभयो। यसका साथै ट्रम्पले भेटवार्ता अझै लामो प्रक्रियाको शुभारम्भ भएको पनि बताउनुभयो।

पुटिनले उहाँलाई यस पटकको भेटवार्ताप्रति सन्तुष्ट लागेको, भेटवार्ताले दुई मुलुकबीचका सबै समस्याको समाधान गर्ननसकेको तर यस पटकको भेटवार्ता सही दिशातर्फ लम्केको पहिलो पाइला भएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु