फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'सुधार तथा खुलापन सम्बन्धी सी चिनफिङको विचारको अनुसन्धान' कृति प्रकाशित

(GMT+08:00) 2018-07-17 15:14:26

चीनमा सुधार तथा खुलापन भएको ४० औँ वार्षिकोत्सवका लागि हालै 'सुधार तथा खुलापन सम्बन्धी सी चिनफिङको विचारको अनुसन्धान' किताब जन प्रकाशन कम्पनीबाट प्रकाशित गरिएको छ। सो किताब सुधार तथा खुलापन सम्बन्धी सी चिनफिङको विचारको प्रणालीबद्ध ब्याख्या गरिएको पहिलो सैद्धान्तिक कृति हो। चिनियाँ कम्युनिष्ट पार्टी क्वाङतुङ प्रान्तीय शाखाको प्रचारप्रसार विभाग तथा क्वाङ तुङ प्रान्तीय सामाजिक विज्ञान प्रतिष्ठानको संयुक्त संगठन तथा सम्पादनमा सो किताब प्रकाशनमा ल्याइएको हो।

सो किताबमा सुधार तथा खुलापन सम्बन्धी सी चिनफिङको विचार भएको ऐतिहासिक पृष्ठभूमि, सैद्धान्तिक उत्गम, सुधार तथा खुलापन सम्बन्धी सी चिनफिङको विचारबाट गरिने सैद्धान्तिक योगदानबारे ब्याख्या गरिएको छ। ३ लाख ५० हजार अक्षर भएको सो किताबमा सुधार तथा विकासको नयाँ अवसर समातेर, आपूर्ति पक्षको बनौटमूलक सुधारको बढावा, सरकार तथा बजार बीचको सम्बन्धको सही संचालन, सामाजवादी संस्कृति बलियो मुलुकको निर्माण, बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यान्वयन, मानवजातिको साझा भाग्य समुदायको निर्माण लगायत ९ वटा क्षेत्रबाट सीको विचारधाराको चौतर्फी विश्लेषण तथा ब्याख्या गरिएको छ।

जानकारी तथा लेखहरु