फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विकासको असन्तुलन तथा अपर्याप्त समस्याको संयुक्त समाधान गर्नुपर्ने चिनियाँ धारणा

(GMT+08:00) 2018-07-17 15:42:40

'असन्तुलित तथा अपर्याप्त विकासको सामाना गर्दै दिगो विकास लक्ष्य पूरा' विषयक उच्चस्तरीय सम्मेलन जुलाई १६ तारिख न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा सम्पन्न भएको छ। संयुक्त राष्ट्र संघका लागि आवासीय चिनियाँ प्रतिनिधि मा छाउस्युले सो सम्मेलनमा भाग लिनुभई सम्बोधन गर्नुभएको छ। संयुक्त राष्ट्र संघ आर्थिक तथा सामाजिक मामिला सम्बन्धी उप महासचिव लिउ चनमिन, राष्ट्र संघीय विकास तथा योजना कार्यक्रमका प्रमुख अछिम स्टेनर, नेपाल, फिजी, लाओस लगायतका मुलुकका मन्त्रीस्तरीय प्रतिनिधिहरू, संयुक्त राष्ट्र संघका लागि आवासीय प्रतिनिधिहरू, विश्व स्वास्थ्य संगठन लगायतका संस्थाका पदाधिकारीहरू लगायत १५० अतिथिहरूले सो सम्मेलनमा भाग लिनुभएको छ।

चिनियाँ प्रतिनिधि माले सम्बोधन गर्दै नवीकरण, समन्वय, हरित, खुलस्त तथा शेयर विकासको विचारको आधारमा चीनले असन्तुलित तथा अपर्याप्त विकास समस्याको समाधानमा ध्यान दिँदै विकासको गुणस्तर तथा कार्यकुशलतालाई उकासिरहेको बताउनुभयो। असन्तुलित तथा अपर्याप्त विकास नै विश्वका विभिन्न मुलुकसामु देखा परेको साझा समस्या पनि हो। विभिन्न मुलुकले हातमा हात मिलाएर न्यायोजित, खुलस्त, चौतर्फी तथा नविन विकास बाटोमा हिँड्दै संयुक्त विकासको कार्यान्वयन गर्नु पर्ने कुरामा उहाँले जोड दिनुभयो।

संयुक्त राष्ट्र संघको लागि आवासीय चिनियाँ प्रतिनिधि मण्डल, संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक मामिला विभाग, राष्ट्र संघीय विकास तथा योजना कार्यक्रमको संयुक्त आयोजनामा सो सम्मेलन गरिएको हो।

जानकारी तथा लेखहरु