फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

च च्याङ प्रान्तको विकासको जीवन्त शक्तिको अन्वेषण

(GMT+08:00) 2018-07-17 15:43:52

गत वर्ष पूर्वी चीनको च च्याङ प्रान्तको कुल गार्हस्थ उत्पादन अर्थात् जी.डी.पी. समस्त स्वीजर्ल्याण्डसँग बराबर थियो। च च्याङ प्रान्त सबैभन्दा लचिलो व्यवस्था र प्रणाली, सबैभन्दा उच्च खुलास्तर र प्रतिव्यक्ति आम्दानी सबैभन्दा बढी भएको चीनको सबैभन्दा समन्वयात्मक सामाजिक विकासका प्रान्तहरूमध्येको एक हो। पत्रकारले हालैका वर्षहरूयता च च्याङको विकासको "राज" सोध्दा स्थानीय वासिन्दाहरूले "आठ आठ रणनीति" भन्ने जवाफ दिएका छन्। यो "आठ आठ रणनीति"मा च च्याङ प्रान्तका आठवटा क्षेत्रको श्रेष्ठताको भूमिका निर्वाह र आठवटा क्षेत्रको कदमलाई समावेश रहेका छन्। "आठ आठ रणनीति" चिनियाँ कम्युनिष्ट पार्टीको च च्याङ प्रान्तीय समितिका तत्कालीन सचिव सी चिन फिङले सन् 2003 जुलाईमा च च्याङको भावी विकासलाई बढाउने सम्बन्धमा प्रस्तुत गर्नु भएको कार्यक्रम थियो।

गत वर्ष एक लाख किलोमिटर क्षेत्रफल रहेको च च्याङ प्रान्तको आर्थिक कुल रकम पचास खर्ब चिनियाँ युआनभन्दा बढी भएको थियो। च च्याङका बासिन्दाहरूले बिर्सननसकेको कुरा के हो भने सन् 2003 मा चिनियाँ कम्युनिष्ट पार्टीको च च्याङ प्रान्त समितिका तत्कालीन सचिव सी चिन फिङले च च्याङको आर्थिक विकासबारे चर्चा गर्दै च च्याङको आर्थिक विकासले ऐतिहासिक परिवर्तन प्राप्त गरेको सबैभन्दा महत्वपूर्ण कारण उत्पादन सम्बन्धले उत्पादन शक्तिको विकास व्यवस्थासित अनुकूल गर्नुपर्ने सिद्धान्तबमोजिम सर्वसाधारणको सिर्जना भावनालाई सम्मान गर्नुपर्ने, स्वामित्व बनौटलाई सक्रियताका साथ सामन्जस्यता गर्नुपर्ने र अग्र प्रणाली पूरा गर्नुपर्ने बताउनुभएको थियो।

जानकारी तथा लेखहरु