फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् २०१८ को ६ महिनामा ५ लाख २० हजार पर्यटकद्वारा नेपाल भ्रमण

(GMT+08:00) 2018-07-18 15:18:20

सन् २०१८ को पहिलो ६ महिनामा नेपालमा हालसम्मकै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन्। जुन महिनासम्ममा ५ लाख २० हजार १४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन्। सन् २०१८ को पहिलो ६ महिनामा हालसम्मकै सबैभन्दा धेरै पर्यटक भित्रिएका कारोबार अनलाइनले लेखेको छ। जुन महिनासम्ममा ५ लाख २० हजार १४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन्। नेपालले सन् २०११ को पर्यटन वर्षमै १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखे पनि ७ वर्षपछि बल्ल यो लक्ष्य हासिल हुने देखिएको छ।

सन् २०१७ को पहिलो ६ महिनामा ४ लाख ६० हजार २ सय ३७ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। यसवर्षको पर्यटक आगमन गत वर्षकोभन्दा १३ प्रतिशतले बढी हो। अघिल्लो वषैभन्दा ६० हजार २ सय २३ पर्यटक बढी नेपाल भ्रमणमा आएका छन्। सन् २०१७ अघि २०१४ मा ४ लाख १२ हजार ४ सय ६१ पर्यटक ६ महिनामा नेपाल आएका थिए। २०१६ को ६ महिनामा ३ लाख १३ हजार ५ सय १२ पर्यटन नेपाल आएका थिए।

२०१८ को मार्चमा सबैभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएका छन्। मार्चमा नेपाल भ्रमणमा आउने पर्यटको संख्या १ लाख २५ हजार एक सय १६ छ।यो संख्या पनि २०१७ को मार्च महिनामा नेपाल भ्रमणमा आएका पर्यटकको संख्या भन्दा १८ हजार आठ सय २५ जनाले बढी हो। २०१७ को मार्च महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या भने १ लाख ६ हजार दुई सय ९१ मात्रै थियो।२०१८ को जनवरीमा ७३ हजार पाँच सय १५, फेब्रुअरीमा ९० हजार दुई सय ८७, अप्रिलमा ९८ हजार ६ सय ५०, मे मा ६८ हजार ८ सय २५ र जुन महिनामा ६५ हजार १ सय ५९ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्।

२०१८ को जनवरीदेखि ६ महिनासम्म नेपाल भ्रमणमा आउने पर्यटक मध्ये सबैभन्दा बढी भारतीय पर्यटक छन्। ६ महिनाको अवधिमा नेपाल भ्रमणमा आउने भारतीय नागरिककोे संख्या ९६ हजार ३ सय ७८ छ। यस्तै, दोस्रो बढी पर्यटक चीनबाट आएका छन्। जनवरीदेखि मार्चसम्म बढी पर्यटक आउने सूचीमा रहेको चीन मे पछि भने दोस्रोमा झरेको थियो। ६ महिनामा नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या ७४ हजार ३ सय ७० छ।

नेपाल भ्रमणमा आउने अमेरिकन पर्यटकको संख्या तेस्रो स्थानमा परेको छ। यो अवधिमा ४३ हजार ८ सय १६ पर्यटक नेपाल भ्रमणमा आएका छन्। नेपालमा सन् २०१७ मा सवैभन्दा धेरै ९ लाख ४० हजार २ सय १८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। यसवर्ष भने अहिलेको आगमनदर कायम भएमा ११ लाख ५० हजार भन्दा बढी पर्यटक नेपाल भ्रमण आउन सक्ने छन्। सन् २०१८ को अन्त्यमा सम्म १२ लाख हाराहारी पर्यटक नेपाल आउने संकेत नेपाल पर्यटक बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपकराज जोशीले दावी गर्नुभयो। "नेपालमा हिमालय मार्टजस्ता ठूला इभेन्ट सम्पन्न गर्न सफल भएका छौँ, यसको प्रभाव अब सिजनलाई पर्नेछ," सीईओ जोशीले भन्नुभयो।

९० प्रतिशत होटल बुकिङपर्यटनको मुख्य सिजन नजिकिँदै जाँदा होटल, ट्राभल, ट्रेकिङ तथा एक्सिपिडिसन सवै तर्फको बुकिङ उत्साहजनक छ। आगामी सिजनको लागि ९० प्रतिशत होटलका रुम बुक भइसकेका छन्। सन् २०१८ मा ११ लाख ५० हजार हाराहारी पर्यटक नेपाल आउन सक्ने दावी होटल संघ नेपाल (हान) का महासचिव विनायक शाहले गरेका छन्। आगामी सिजनका लागि बुकिङ ९० प्रतिशत आइसकेकोले उत्साहजनक पर्यटक आउने आशा रहेको शाहाले जानकारी दिनुभयो। सरकारले चीन र भारतमा प्रर्वद्धन गर्न नसक्दा पर्यटक आगमनमा उल्लेख्य वृद्धि भने हुन नसकेको शाहको भनाइ छ।

२०१९ सम्ममा १० वटा ५ तारे होटल थपिने निश्चित भएको छ। केही वर्षपछि नेपालमा पाँच तारे होटलको संख्या २९ पुग्नेछ। निर्माणको चरणमा रहेका तीनतारे र चारतारे होटलको संख्या पनि दुई दर्जनभन्दा बढी छ। नेपालमा तारे होटलका प्रतिवर्ष ५ लाख २३ हजार ४ सय ५३ वटा रुम रहेका छन्। निर्माणाधीन पाँच र चारतारे होटलहरूको निर्माणपश्चात सन् २०२० सम्ममा कम्तिमा ३ हजार २ सय ६२ कोठाहरू थपिने भएकोले पर्यटक नबढे समस्या हुने महासचिव शाह बताउनुहुन्छ।

जानकारी तथा लेखहरु