फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पश्चिम सेती चिनियाँ कम्पनी थ्री गर्जेजलाई दिने नेपाल सरकारको तयारी

(GMT+08:00) 2018-07-18 15:24:00

नेपाल सरकारले संघीय पश्चित सेती जलविद्युत आयोजना फेरि पनि चिनियाँ कम्पनीलाई जिम्मा लगाउने तयारी शुरु गरेको छ। प्रधानमन्त्री केपी ओलीको हालैको चीन भ्रमणपछि सरकारले आफ्नो बजेट वक्तव्य भन्दा बाहिर गएर पश्चित सेती जलविद्युत आयोजना निर्माणको विकल्प सोचेको रातोपाटी अनलाइनले लेखेको छ।

यसपाली पहिला पश्चिम सेतीको क्षमता कम बनाउन चिनियाँ कम्पनी थ्री गर्जेजसँग वार्ता गरिने भएको छ। लगानी बोर्डको मंगलबार बसेको बैठकले सुझाव समितिको प्रतिवेदन अनुसार आयोजनाको क्षमता घटाएर बनाउन चिनियाँ कम्पनीसँग वार्ता गर्ने निर्णय गरेको बोर्डद्धारा जारी विज्ञप्तीमा छ।

जानकारी तथा लेखहरु