फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

च च्याङ चीनमा "वैदेशिक व्यापारको ठूलो प्रान्त"मा विकसित

(GMT+08:00) 2018-07-18 16:06:39

पूर्वी चीनको च च्याङ प्रान्तको क्षेत्रफल चीनको समस्त क्षेत्रफलको 1.1 प्रतिशत ओगटेको छ। गत वर्षमा च च्याङको आयात-निर्यात परिमाण विश्वको दोस्रो ठूलो आर्थिक समूहको रुपमा रहेको चीनका प्रान्तहरूमध्ये चौथो स्थानमा रहेको थियो। चीनमा सुधार तथा खुलापन नीति लागू भएयता च च्याङ प्रान्त सधैं नै चीनको "वैदेशिक व्यापारको ठूलो प्रान्त" रहँदै आएको छ। च च्याङ प्रान्त हाल चीनको "खुलापनको ठूलो प्रान्त" कसरी बनेको छ त? च च्याङ प्रान्तको विभिन्न क्षेत्रले च च्याङको भावी विकासलाई बढाउने सम्बन्धमा पन्ध्र वर्षअगाडि चिनियाँ कम्युनिष्ट पार्टीको च च्याङ प्रान्तीय समितिका तत्कालीन सचिव सी चिन फिङद्वारा प्रस्तुत गरिएको कार्यक्रमलाई शक्तिको रुपमा बनाएको छ।

सन् 2003 मा चिनियाँ कम्युनिष्ट पार्टीको च च्याङ प्रान्तीय समितिका तत्कालीन सचिव सी चिन फिङले "आठ आठ रणनीति" अर्थात् "च च्याङ विकासको आठवटा श्रेष्ठता र भावी विकासको आठवटा कदम"मा च च्याङको क्षेत्रीय श्रेष्ठताको भूमिका निर्वाह गर्न, शाङहाईसँग स्वतःजोड्न, वैदेशिक खुलापन स्तरलाई उकास्न आग्रह गर्नुभएको थियो।

गत वर्षको अन्त्यसम्म च च्याङको आयात-निर्यात परिमाण चीनको चौथो स्थानमा रहेको थियो। विश्वका पाँच सयवटा शक्तिशाली उद्योग-व्यवसायमध्येका 179 वटा उद्योग-व्यवसाय च च्याङ प्रान्तमा प्रवेश भएका छन्। ती नयाँ उपलब्धिहरू प्राप्त गरेका कारण त्यस वर्षमा "आठ आठ रणनीति" प्रस्तुत गरिएकोले गर्दा नै हो।

जानकारी तथा लेखहरु