फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रसुवागढी नाकामा एकीकृत भन्सार निर्माणको काम सुरु

(GMT+08:00) 2018-07-19 17:12:04
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा एकिकृत भन्सार निर्माणको काम सुरु भएको छ। एकीकृत भन्सार निर्माणकालागि जग्गा सम्याउने, घेरबार गर्ने तथा जग खन्ने काम सुरु भएको सहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ। भवन निर्माण विभाग डिभिजन कार्यालयमार्फत श्यामसुन्दर रबिना जेबीले भवनको निर्माणको काम गर्न लागेको हो। एकिकृत भवन तीन वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य कार्यालयले लिएको छ। निर्माणमा अवरोध नआएमा तोकिएको समयमा नै निर्माण सम्पन्न हुने डिभिजन प्रमुख धिर फडेराले जानकारी दिनुभयो।

अदालतमा गत जेठ २४ मा परेको रिट निवेदन खारेज भएको छ। न्यायाधिस चोलेन्द्रशम्शेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले रिट निवेदन खारेज गरेको थियो। २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्।

एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन तथा एकीकृत जाँचचौकी रहने बताइएको छ। भवन निर्माण पश्चात् चेकजाँच गर्न तथा अवैध क्रियाकलाप रोक्नका लागि सहज हुने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले विश्वास व्यक्त गर्नुभयो।

भवन निर्माणका लागि ५४ करोड ५ लाख ५५ हजार आठ सय १९ रुपयाँ खर्च हुने बताइएको छ। आफूले ठेक्का पाउनुपर्ने माग गर्दै एमबी चक्रेश्वरी शिवशक्ति जेभीले २०७३ पुष १९ गते सर्वोच्च अदालतमा रिट दिएको थियो।

चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नकालागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

जानकारी तथा लेखहरु