फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खनिज उद्योगका लागि ३ अर्ब ८० करोड विदेशी लगानीको प्रतिबद्धता

(GMT+08:00) 2018-07-20 14:57:41

एक वर्ष अवधिमा नेपालको खानी उद्योगमा ३ अर्ब ८० करोड रुपैयाँ लगानीको भित्रिएको छ। गत आर्थिक वर्ष २०७४/०७५ मा विदेशी कम्पनीहरुले ७६ करोड ९० लाख बराबरको कामदार खर्च लाग्ने गरी उद्योग दर्ता गराएका नेपाल खबर अनलाइनले लेखेको छ।

आर्थिक बर्ष २०७४/०७५ मा खनिज उद्योगका लागि चाहिँ २ अर्ब ४२ करोड २० लाख रुपियाँ बराबर स्वदेशी लगानीको प्रतिबद्धता भएको छ। त्यस अन्तर्गत विदेशी लगानीका ३ उद्योग र स्वदेशी लगानीका ४ उद्योगसमेत दर्ता भएका छन्।

नेपालमा खानी उद्योग उत्खनन गर्न आएका विदेशी उद्योगहरुले निश्चित क्षेत्रमा उद्योग सञ्चालन गर्ने भन्ने प्रतिबद्धता चाहिँ जनाएका छैनन्।

'खानी उद्योगका लागि अनुसन्धान गर्नुपर्ने हुन्छ, अनुसन्धान गरिएको ठाउँमा खनिज पदार्थ नभेटिए अर्को स्थानमा जानुपर्ने हुन्छ' उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले भन्नुभयो, 'यही कारण निश्चित स्थानमा प्रतिबद्धता नआएको हुनसक्छ।'

विदेशी लगानीमा गत आर्थिक बर्षमा कूल ३ सय ९५ उद्योगका लागि ६१ अर्ब लगानीको प्रतिबद्धता भएको हो। गत आबमा कृषिजन्य उद्योगको लागि २० वटा उद्योगमा २१ अर्ब लगानीको प्रतिवद्धता भएको छ। उर्जा तथा जलविद्युतमा अन्य क्षेत्र भन्दा धेरै अर्थात् ३७ अर्ब लागानीको प्रतिवद्धता भएको छ। त्यस्तै, सूचना प्रविधिमा २६ वटा उद्योगका लागि ५ करोड रुपैयाँको प्रतिबद्धता भएको छ।

उत्पादनमुलक उद्योगमा भने ८ अर्ब रुपैंयाँको प्रतिबद्धता भएको छ। त्यस्तै, सेवामूलक उद्योगमा भने गत आब भरिमा २ अर्ब ९६ करोड रुपैयाँको लगानी प्रतिबद्धता भएको देखिन्छ भने पर्यटन क्षेत्रमा भने १ सय ५६ वटा उद्योगको लागि ४ अर्ब ७६ करोड रुपैंयाँ लगानीको प्रतिबद्धता भएको जानकारी उद्योग विभागले दिएको छ।

गत आबमा स्वदेशी लगानी अन्तर्गत उद्योगका लागि ३ खर्ब ५० अर्ब लगानीको प्रतिवद्धता भएको छ। कृषिमा २ अर्ब ५१ करोड रुपैयाँ, निर्माण क्षेत्रका लागि ४ अर्ब ७३ करोड रुपैयाँ,उर्जा क्षेत्रका लागि सबैभन्दा धेरै २ खर्ब रुपैयाँ, सूचना प्रविधिको लागि ७५ करोड रुपैयाँ, उत्पादनमूलकको कामका लागि ७७ अर्ब रुपैयाँ, खनिजका लागि २ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता भएको छ।

यसैगरी सेवामूलक उद्योगका लागि ५ अर्ब, पर्यटन उद्योगका लागि १ अर्ब ५९ करोड लगानीको प्रतिबद्दता भएको उद्योग विभागको तथ्याङ्कबाट देखिन्छ।

'यो दर्ता गर्ने समयसम्म जनाइएको प्रतिबद्धता हो, साथै प्रतिबद्दता गरिएअनुसारको लगानी एकै वर्षमा नआउन पनि सक्छ' विभागका प्रवक्ता भुसालले भने, 'उद्योग स्थापना भइसक्ने समयलाई आधार मानेर लगानीकर्ताहरुले प्रतिबद्धता जनाएका छन्।'

जानकारी तथा लेखहरु