फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा अमेरिकी उद्योग व्यवसायीलाई ठूलो नाफा प्राप्त

(GMT+08:00) 2018-07-20 19:21:26

अमेरिकाको ३०१ बुँदे समितिले अगष्ट २० तारिखदेखि २३सम्म आयोजना हुने एक सुनुवाईमा अमेरिकी सरकारले जुलाई १० मा चीनबाट अमेरिकामा निर्यात हुने २ करोड अमेरिकी डलर बराबरका वस्तुमाथि थप १० प्रतिशत भन्सार कर असुल्ने बारेमा प्रस्तुत गरेको नामावलीबारे छलफल गर्ने छ। ट्रम्प सरकारले यस्तो कदम चालेकाले चीनको बेठीक कार्वाही र सरकारबाट दिइने आर्थिक सहायता लगायत अन्य व्यापारबाट अमेरिकामा ठूलो क्षति पुगेको भनेको छ।

वास्तविक अवस्था अमेरिकाले भनेकोसँग विपरीत छ।

एमफेनोल कोर्पोरेशन लगायतका अमेरिकी कम्पनीहरूले चिनियाँ बजार एकलौटी गरेर प्रतिवर्ष चिनियाँ बजारबाट ठूलो नाफा पाउने गरेका छन्। एपल तथा जी.इ. कम्पनीले चीनलाई आफ्नो उत्पादन अखडा बनाएको साथै चिनियाँ बजारलाई आफ्नो उत्पादित वस्तुको सबभन्दा ठूलो उपभोग्य बजार बनाएका छन्।

साथै विदेशी व्यवसायहरू चीनमा अति अविकसित क्षेत्र तथा मध्य तथा पश्चिमी क्षेत्रमा लगाउन आकर्षित गराउनको लागि चीनका स्थानीय सरकारहरूले संयुक्त लगानी भएको कम्पनीलाई कर, पूँजी, जग्गा सम्बन्धी सुविधाजनक नीति लागू गरेकाले चीनमा लगानी गरेका अमेरिकी कम्पनीहरूका लागि ती सुविधाजनक कदमहरू नै ठूलो नाफा पाउने श्रोत हुन्।

प्राप्त तथ्याङ्क अनुसार, सन् २०१८ मा अमेरिकालाई पार गरेर चीन विश्वमा सबभन्दा ठूलो उपभोग्य बजार बन्ने छ। यसको अर्थ चीन विश्वमा अन्तर्देशीय कम्पनीहरूले प्रतिस्पर्धा गर्ने ठूलो बजार हो र तीमध्ये अमेरिकी कम्पनी पनि रहेका छन्।

वासिङ्टनले अमेरिकाको हितको संरक्षण गर्ने नाउँमा चीनलाई लक्षित गरी व्यापार युद्ध सुरु गरेको छ। यस्तो एकपक्षीय कदमबाट चीनमा धेरै नाफा पाइसकेका ती अमेरिकी व्यवसायहरूलाइ के फाइदा हुन्छ? अन्तर्राष्ट्रिय समाजमा मान्यता यस्तो छ कि व्यापार युद्धबाट दुवै पक्ष बिजय हुनुको सट्टामा दुवै पक्षले हार निश्चित छ।

जानकारी तथा लेखहरु