फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा संयुक्त अरब इमिरेटसको राजकीय भ्रमण शुरू

(GMT+08:00) 2018-07-20 20:09:05

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानद्वारा हिजो जुलाई १९ तारिख अबुधाबी पुग्नुभई संयुक्त अरब इमिरेट्सको राजकीय भ्रमण शुरू गर्नुभएको छ।

संयुक्त अरब इमिरेट्सका उप राष्ट्रपति एवं प्रधानमन्त्री मुहम्मद बिन राशिद एल मक्तुम तथा अबुधाबीका राजकुमार शैख मोहमद बिन जायेद अल नाह्यानले विमानस्थलमा राष्ट्राध्यक्ष सीको स्वागत गर्नुभएको छ।

संयुक्त अरब इमिरेट्सका उप राष्ट्रपति एवं प्रधानमन्त्री मुहम्मद बिन राशिद एल मक्तुमसँगको कुराकानीमा राष्ट्राध्यक्ष सीले दुवै पक्षको संयुक्त प्रयासमा आफ्नो भ्रमण सफल हुनुका साथै दुई देश तथा जनता बीचको मित्रतालाई अझ प्रगाढ पार्ने विश्वास व्यक्त गर्नुभएको छ। संयुक्त अरब इमिरेट्सका उप राष्ट्रपति एवं प्रधानमन्त्री मुहम्मद बिन राशिद एल मक्तुमले राष्ट्राध्यक्ष सीको यो महत्वपूर्ण तथा ऐतिहासिक भ्रमणको विभिन्न पक्षले ठूलो अपेक्षा गरेको बताउनुभएको छ। राष्ट्राध्यक्ष सीको भ्रमणबाट आपसी रणनीतिक सम्बन्धलाई विकसित पार्ने विश्वास पनि प्रकट गर्नुभएको छ।

थाहा भए अनुसार, संयुक्त अरब इमिरेट्सको राजकीय भ्रमण सम्पन्न भएपछि सीले सिनेगल, रूवान्डा तथा दक्षिण अफ्रिकाको पनि राजकीय भ्रमण गर्नुहुने कार्यक्रम छ। दक्षिण अफ्रिकामा राष्ट्राध्यक्ष सीले त्यहाँ आयोजना हुने ब्रिक्स मुलुक नेतागणको दशौं वार्तामा भाग लिनुहुने छ। साथै उहाँले मोरिसस्‌को पनि मैत्रीपूर्ण भ्रमण गर्नुहुने छ।

जानकारी तथा लेखहरु