फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-संयुक्त अरब इमिरेट्स चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापनामा सहमति

(GMT+08:00) 2018-07-21 15:13:30

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई २० तारिख अबुधाबीमा संयुक्त अरब इमिरेट्सका उप राष्ट्रपति एवं प्रधानमन्त्री मुहम्मद बिन राशिद एल मक्तुम तथा अबुधाबीका राजकुमार शैख मोहमद बिन जायेद अल नाह्यानसँग भेट-वार्ता गर्नुभएको छ। वार्तामा चीन-संयुक्त अरब इमिरेट्स चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापना गर्ने सहमति दुवै पक्षले गरेका छन्। विभिन्न क्षेत्रमा हुने सहयोगलाई गहन पार्दै आपसी सम्बन्धलाई अझ उच्चस्तरमा अझ बढी क्षेत्रमा गहन रूपमा विकसित पार्ने मतैक्य पनि दुवै पक्षले गरेका छन्।

वार्तामा चिनियाँ राष्ट्राध्यक्ष सीले आफ्नो भ्रमणताका दुई देश बीच चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापना गर्नु नै आपसी रणनीतिक विश्वासलाई गहन पार्ने र हितयुक्त सहयोगलाई प्रबर्द्धनका लागि हितकर हुने ठहर गर्नुभएको छ। दुवै पक्षले यो नयाँ सम्बन्धलाई व्यवहारमा उतारी आपसी राजनीतिक विश्वासलाई बलियो पार्नुपर्ने पुष्टि पनि गर्नुभएको छ। चीन तथा संयुक्त अरब इमिरेट्स 'बेल्ट एण्ड रोड'को संयुक्त निर्माणमा प्राकृतिक सहयोगात्मक साझेदार रहेको र संयुक्त अरब इमिरेट्स 'बेल्ट एण्ड रोड' निर्माण सम्बन्धमा निकै महत्वपूर्ण बिन्दु चीनले मान्ने गरेको राजकुमार शैख मोहमदले प्रस्तुत गर्नुभएको 'रेशममार्गको पुनरूत्थान' कल्पनाको राष्ट्राध्यक्ष सीले प्रशंसा गर्नुभएको छ। मध्य पूर्वी क्षेत्रको शान्ति तथा स्थिरताको लागि चीनले संयुक्त अरब इमिरेट्ससँगै मिलेर पारस्परिक रणनीतिक सहयोगलाई गहन पार्दै विकासमार्फत शान्तिलाई मजदूत पार्ने मध्य-पूर्वको प्रशासन तरिकालाई अघि बढाएर राजनीतिक उपायमार्फत चर्चित विषयको समाधान गर्ने इच्छा चीनले लिएको पनि राष्ट्राध्यक्ष सीले प्रकाश पार्नुभएको छ।

वार्तामा संयुक्त अरब इमिरेट्सका उप राष्ट्रपति एवं प्रधानमन्त्री मुहम्मदले विभिन्न क्षेत्रमा चीनसँगको व्यापक सहयोगलाई मजबूत पार्दै चीनको भरपर्दो साथी बन्ने इच्छा व्यक्त गर्नुभएको छ। राष्ट्राध्यक्ष सीको यस भ्रमणबाट आपसी सम्बन्धलाई नयाँ स्तरमा पुर्‍याउने विश्वास पनि प्रधानमन्त्री मुहम्मदले गर्नुभएको छ। हिजोआज चीनले विश्वमा रेशम सडकको पुनः स्थापना गर्ने काममा नेतृत्व गरिरहेकोमा बेल्ट एण्ड रोडमा संयुक्त अरब इमिरेटसले सक्रियताका साथ भाग लिँदै जाने प्रकाश पार्नुभएको छ।

वार्तामा अबुधाबीका राजकुमार शैख मोहमद बिन जायेद अल नाह्यानले चीनको उज्ज्वल भविष्य हुने र विश्वको शान्ति तथा मानवजातिको प्रगतिमा अझ ठूलो योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ।

वार्तापछि चीन-संयुक्त अरब इमिरेट्स चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापना सम्बन्धि संयुक्त वक्तव्य पनि सार्वजनिक गरिएको छ। साथै दुई देशका नेताहरूले बेल्ट एण्ड रोड निर्माण सम्बन्धी सहयोग सम्झौताको हस्ताक्षर समारोहमा पनि भाग लिनुभएको छ।

जानकारी तथा लेखहरु