फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"नदी प्रवाह -याङ्ग सी नदी आर्थिक क्षेत्रको जानकारी" कार्यक्रम युन्नानको ली च्याङ्गमा सुरु

(GMT+08:00) 2018-07-21 15:14:52

चिनियाँ कम्युनिष्ट पार्टीको प्रचारप्रसार विभागद्बारा आयोजित "नदी प्रवाह -याङ्ग सी नदी आर्थिक क्षेत्रको जानकारी" शीर्षकमा जानकारी कार्यक्रम जुलाई 20 तारिखदेखि याङ सी नदी तटवर्ती युन नान प्रान्तीय ली च्याङ्ग शहरमा सुरु भएको छ।

उप-प्रचारप्रसार मन्त्री एवं राष्ट्रिय प्रेस र प्रकाशन प्रशासनका प्रमुख च्वाङ्ग छाय वेनले उद्घाटन समारोहमा सम्बोधन गर्दै मातृनदी याङ्गसी नदीको सुरक्षा हरेक चिनियाँ जनताको जिम्मेवारी र दायित्व भएको बताउनुभएको छ। सबै सम्वाददाता र सम्पादकले लेख, भिडियो र आवाजद्बारा याङ् सी नदी आर्थिक क्षेत्रमा ढाँचा परिवर्तन गरी विकासको जैविक शक्ति प्रदर्शन गर्नुका साथै याङसी नदीसम्बन्धी पर्यवरण, अर्थतन्त्र, संस्कृति, जनताको जीवनको राम्ररी जानकारी दिने आशा उहाँले गर्नुभयो।

सो कार्यक्रममा लगभग बीस दिन अन्तर्वार्ता मण्डलले याङ सी नदीवरिपरी एघार प्रान्त र शहरमा अन्तर्वार्ता लिने कार्यक्रम रहेको छ। मातृनदीको सुरक्षा गर्न सुरु समारोहपछि अन्तर्वार्ता मण्डलका सदस्यहले ली च्याङ्ग शहरीय ना सी जातीय प्रिफेक्चरको श कु बस्तीमा स्वयंसेवाका रुपमा वृक्षरोपण गरेका छन्।

जानकारी तथा लेखहरु