फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाका धेरैजसो राज्यपालद्बारा व्यापारिक द्वन्द्व समाधानको चाहना

(GMT+08:00) 2018-07-21 15:17:47
अमेरिकी राज्यपाल संघको गृष्म बैठक जुलाई 19 तारिखदेखि 21 सम्म न्यू मेक्सिको राज्यको सदरमुकाम सान्ता फेमा आयोजित भएको छ। वर्तमान विश्वव्यापी रुपमा तनावपूर्ण व्यापारिक परिस्थितिबारे धेरै जना राज्यपालले चिन्ता व्यक्त गर्नुका साथै वार्ताद्बारा व्यापारिक समस्याको समाधान गर्ने आशा व्यक्त गरेका छन्।

विगत दश वर्षमा अमेरिकी वाशिन्टन राज्यबाट चीन निर्यात २४० प्रतिशत बढेको छ। वाशिन्टन राज्यपाल जय इन्स्लीले २० तारिख अन्तर्वार्ता दिँदै व्यापारको अनिश्चितताका कारणले कृषि व्यवसाय मात्र होइन उत्पादन व्यवसायलगायत हरेक व्यवसाय चिन्तित बनेको बताउनुभयो।

अन्तर्राष्ट्रिय व्यापारले अर्थतन्त्रलाई अगाडि बढाउनुका साथै विश्वलाई अझ स्थिर पार्नेछ। तर व्यापारको तनावपूर्ण परिस्थितिले विश्वासमाथि संकट पुग्नेछ। अमेरिका –चीन व्यापार परिषदद्बारा आयोजित "अमेरिका र चीनको आर्थिक सम्बन्ध—वृद्धि, रणनीति र लगानी अवसर" विषयको मञ्चमा कोरोला राज्यपाल जोन हिकेन लुपेरले उक्त कुरा बतउनुभएको हो।

युटा राज्यपाल गारी हेर्बेर्टले व्यापारिक भिडन्तको समाधान अरु समस्याको समाधान उपाय एउटै भएर सदिच्छापूर्ण धारणाद्बारा वार्ता गर्नु पर्ने विचार व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु