फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रूवान्डाको पत्रिकामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको लेख प्रकाशित

(GMT+08:00) 2018-07-21 16:21:15

जुलाई २१ तारिख रूवान्डाको राजकीय भ्रमण सुरु गर्नु अघि रूवान्डाको 'नयाँ युग'समाचारपत्रमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङको 'चीन-रूवान्डाको भावना पहाडभन्दा अग्लो' शीर्षकको लेख प्रकाशित भएको छ। लेखमा उहाँले राष्ट्रपति पोल कागमेको निमन्त्रणामा जुलाई २२ देखि २३ सम्म आफूले रूवान्डाको राजकीय भ्रमण गर्ने उल्लेख गर्नु भएको छ। यो नै आफ्नो पहिलो रूवान्डा भ्रमण भएको र चिनियाँ राष्ट्राध्यक्षको पनि रूवान्डाको पहिलो भ्रमण भएको उहाँले उल्लेख गर्नु भएको छ। यो भ्रमणमा आफूले ठूलो अपेक्षा राखेको पनि राष्ट्राध्यक्ष सीले लेखमा औँल्याउनु भएको छ।

चीन तथा रूवान्डा भौगोलिक रुपमा टाढा र संस्कृतिक दृष्टिबाट फरक भएतापनि दुई देशका जनता बीचको परम्परागत मित्रता निकै प्रगाढ रहेको उहाँले उल्लेख गर्नु भएको छ।

सन् १९७१ मा चीन तथा रूवान्डा बीच दौत्य सम्बन्ध स्थापित भएको हो। दौत्य सम्बन्धका यी ४७ वर्षमा दुवै पक्षले सदिच्छापूर्वक एक-अर्काको समान तथा सुव्यवहार गरिरहेका छन् भने दुइ देशका जनता बीचको मित्रता पनि परिवर्तित अन्तर्राष्ट्रिय परिस्थितिको परीक्षामा उर्त्तीण भएको छ।

हाल 'भिजन २०२०' विकास योजनाको कार्यान्वयनमा रूवान्डाना प्रतिबद्ध छ भने चीन '२वटा एक सय वर्ष' भन्ने लक्ष्यलाई साकार तुल्याउन प्रयासरत छ। चीन तथा रूवान्डा बीचको सहयोगको भविष्यमा इतिहासमा नभेटिने विकास अवसर देखा परेको छ। यस पटकको भ्रमणबाट चीन-रूवान्डा परम्परागत मित्रता तथा विभिन्न क्षेत्रमा भैरहेका सहयोगमा नयाँ जीवन्त शक्ति थप्ने मेरो विश्वास छ। जसबाट हाम्रो सम्बन्धलाइ नयाँ चरणमा पुर्‍याउँदै दुई देशका जनताको अझ ठूलो हित-कल्याण सिर्जना गर्ने अपेक्षा पनि राष्ट्राध्यक्ष सीले आफ्नो लेखमा उल्लेख गर्नु भएको छ।

चीन-रूवान्डा बीचको मित्रता नै चीन-अफ्रिकी मुलुक बीचको मित्रताको सानो प्रतीक हो। वर्तमान विश्वमा विभिन्न मुलुक बीचको सम्बन्ध अझ गहिरो हुँदै गएको छ र प्रशस्त साझा चुनौतिको पनि सामना गरिरहेका छन्। चीन र रूवान्डाले मन जोडेर हातमा हात मिलाएर साझा हितयुक्त विकासलाई अघि बढाउनुपर्छ। राष्ट्राध्यक्ष सीले दुई देशका सरकार तथा जनताको साझा प्रयासमा पारस्परिक सम्बन्धको अझ उज्ज्वल भविष्य हुने विश्वास व्यक्त गर्नु भएको छ।

जानकारी तथा लेखहरु