फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकासँग निरन्तर सहयोग गरे पनि भर पर्न नसकिने जर्मनी चान्सरलको भनाइ

(GMT+08:00) 2018-07-21 16:31:17

अटलान्टिकपार सम्बन्धमा गम्भीर दवाव परेको अवसरमा जर्मनीले अमेरिकासँग निरन्तर सहयोग गर्ने इच्छा लिए तापनि युरोप अमेरिकामा भर नपर्ने जर्मनी चान्सरल अन्जेला मेर्केलले जुलाई २० तारिख दोहोर्‍याउनुभयो।

सोही दिन वार्षिक गृष्म सम्वाददाता बैठकमा सहभागी हुँदै चान्सरल मेर्केलले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, युरोपले विश्वव्यापी प्रणालीमा आफ्नो भूमिकालाई पत्ता लगाउनुपर्छ। हाल सबैभन्दा जरुरी मामिला सुरक्षा क्षेत्रमा युरोपेली संघको स्थायी प्रणालीगत सहयोग हो।

अमेरिका र युरोपेली संघको व्यापारिक संघर्षले विश्वको आर्थिक परिस्थितिलाई अझ गम्भीर पारेको मेर्केलले बताउनुभयो। युरोपेली संघ समितिका अध्यक्ष जेन क्लाउड जुङ्करले आगामी साता अमेरिकाको भ्रमण गरी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सवारी कर समस्याबारे सल्लाह गर्नुहुनेछ। यदि सल्लाह विफल भएमा युरोपेली संघले बाध्यतामा अमेरिकामाथि जवाफी कार्वाही गर्नेछ।

जानकारी तथा लेखहरु