फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल राष्ट्र बै‌कको तथ्याङ्क अनुसार चीनतर्फको निर्यात सन्तोषजनक

(GMT+08:00) 2018-07-22 15:01:05

चीनसँग नेपालको निर्यात व्यापार सन्तोषजनक देखिएको छ। जुन अन्यदेशको तुलनामा उल्लेखनीय रहेको राष्ट्रिय समाचार समितिले लेखेको छ। नेपाल राष्ट्र बैंक, अनुसान्धान विभागले आर्थिक वर्ष २०७४/७५ को ११ महिनाको अवधिमा तयार पारेको तथ्यांकमा चीनतर्फ ९१ दशमलव शून्य छ प्रतिशत वस्तु निर्यात भएको उल्लेख छ।

कूल वस्तु निर्यात १० दशमलव शून्य चार प्रतिशतले वृद्धि भई रु ७४ अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात आठ दशमलव शून्य तीन प्रतिशतले वृद्धि भएको थियो। भारततर्फ आठ दशमलव सात प्रतिशत, चीनतर्फ ९१.६ प्रतिशत र अन्य मुलुकतर्फ आठ दशमलव एक प्रतिशतले निर्यात बढेको छ।

अलँैची, पोलिष्टर यार्न, जुटको बोरा, धागो, जस्तापाता लगायतका वस्तुको निर्यात बढेको छ, भने जिआइ पाइप, जुटको रस्सी, जुस, उनी गलैँचा, पश्मिना, लगायतका वस्तुको निर्यात घटेको छ।

सोही अवधिमा आयात भने २३ दशमल शून्य पाँच प्रतिशतले वृद्धि भई रु ११ खर्ब सात अर्ब ३५ करोड पुगेको छ। वस्तु आयातमा भारतबाट २५ प्रतिशत, चीनबाट २५ दशमलव शून्य तीन प्रतिशत र अन्य मुलुकबाट १८ दशमलव एक प्रतिशतले बढेको छ।

मुख्यगरी पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, अन्य मेसिनरी तथा पार्टपूर्जा, एमएस विलेट, सिमेन्ट, लगायतका वस्तुको आयात उच्चदरमा बढेको छ।

त्यसैगरी कृषि आंैजार तथा पार्टपूर्जा, हवाईजहाजका पार्टपूर्जा, सेनिटरीवेयर्स, सानो अलैँची, जिङ इनगोट, लगायतका वस्तुको आयात घटेको छ। समीक्षा अवधिमा कूल वस्तु व्यापार घाटा २४ दशमलव ६ प्रतिशतले विस्तार भई रु १० खर्ब ३३ अर्ब चार करोड पुगेको छ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६ दशमलब शून्य चार प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७ दशमलव शून्य पाँच प्रतिशत रहेको थियो।

जानकारी तथा लेखहरु