फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बुटवल उपमहानगरलाई प्रत्येक वर्ष २० वटा चिनियाँ छात्रवृत्ति

(GMT+08:00) 2018-07-22 15:01:28

चीनको सान्षी प्रान्तस्थित सियान विश्वविद्यालयले बुटवल उपमहानगरपालिकालाई उच्च शिक्षाका क्षेत्रमा प्रत्येक वर्ष २० वटा छात्रवृत्ति दिने भएको छ। हालैमात्र बुटवल उपमहानगरपालिका र सान्षी प्रान्तस्थित सियान महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको थियो। सोही अवसरमा उक्त सियान महानगरपालिकामा रहेको सियान विश्वविद्यालयले सो छात्रवृत्तिको घोषणा गरेको अनलाइन खबरले लेखेको छ।

भगिनी सम्बन्धपछि सियानस्थित 'सियान युनिभर्सिटी अफ आर्ट एण्ड साइन्स' ले बुटवल उपमहानगरपालिकाभित्र पर्ने कुनै विश्वविद्यालयसँग मिलेर 'कन्फ्यूसियस इन्स्टिच्युट' स्थापना गर्ने र यसमार्फत दुई नगरबीच शिक्षाको क्षेत्रमा सहकार्य र सहयोगको योजना बनाएको छ।

जानकारी तथा लेखहरु