फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पारस र ललित चम्किदा नेपालको सानदार जित

(GMT+08:00) 2018-07-22 15:02:11

ब्याटिङमा कप्तान पारस खड्का र बलिङमा ललितनारायण राजवंशी चम्के पछि यूरोप भम्रणको पहिलो अभ्यास खेलमा नेपालले लन्डनको स्थानीय हैम्पशायर होग्स क्रिकेट क्लबमाथि सानदार जित हात पारेको छ। शनिबार राति सम्पन्न खेलमा हैम्पशायर होग्सलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले युरोप भम्रणमा विजयी सुरुवात गरेको नेपाल खबर अनलाइनले लेखेको छ। नेपालले दिएको ३ सय ६३ रनको लक्ष्य पछ्याएको होंग्सले ३७.१ ओोभरमा सबै विकेट गुमाएर १ सय १९ रनमात्रै बनाउन सक्यो।

कप्तान पारसले डेढ सय रनको उत्कृष्ट पारी खेलेपछि मजबुद स्कोर बनाएको नेपाललाई पाँच विकेटसहित उत्कृष्ट स्पेल गर्दै ललितले सानदार जित दिलाएका थिए। ललितले १० ओभर बलिङ गर्दै ४ ओोभर मेडन राखेर ३४ रन खर्चदै ५ विकेट लिए।

यस्तै सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए भने करण केसीले १ विकेट हात पारे। होग्सका ह्यारी फिसरले ३३ तथा टिम बाउचरले २२ रन जोडे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले लण्डनको स्थानिय होग्स क्रिकेट क्लबविरुद्ध निर्धारित ५० ओोभरमा सबै विकेट गुमाएर ३ सय ६२ रन बनाएको थियो।

कप्तान पारसले १ सय ६ बलको सामना गर्दै १ सय ६१ रन जोडेका थिए। सो क्रममा पारसले १९ चौका र ७ छक्का प्रहार गरेका थिए। यस्तै रोहित पौडेलले ४४ रन जोडे। ३४ बलको सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरेका थिए भने ४६ बल खेलेका दीपेन्द्रसिंह ऐेरीले ५ चौकाको मदतमा ३७ रन जोडेका थिए।

जानकारी तथा लेखहरु