फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त अरब इमिरेट्सका उच्च व्यक्तिद्वारा राष्ट्राध्यक्ष सीको भ्रमणको उच्च मूल्यांकन

(GMT+08:00) 2018-07-22 15:09:51

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले संयुक्त अरब इमिरेट्सको राजनीतिक भ्रमण सम्पन्न गर्नु भएको छ। सोबारे संयुक्त अरब इमिरेट्सका विभिन्न क्षेत्रले राष्ट्रध्यक्ष सीको भ्रमणलाई उच्च मूल्याङ्कन गर्नुभएको छ।

संयुक्त अरब इमिरेट्सका संस्कृति तथा बौद्धिक विकास मन्त्री नुलाले दुवै मुलुक बीचको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई अध्यावधिक गर्न दुवै मुलुकबीचमा सहमति भएको बताउनुभयो। उहाँले राष्ट्राध्यक्ष सीको यो ऐतिहासिक भ्रमणबाट हासिल भएको सफलताको उच्च सराहना पनि गर्नुभयो।

संयुक्त अरब इमिरेट्सका राज्य मन्त्री सुल्तानले दुवै मुलुक बीचमा चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई अध्यावधिक गर्ने राष्ट्राध्यक्ष सीको यस पटकको भ्रमणको सबैभन्दा महत्वपूर्ण सफलताहरुमध्ये एक रहेको बताउनुभयो।

संयुक्त अरब इमिरेट्सका अर्थ मन्त्री मान्सुलीले आगामी समयमा दुवै मुलुक बीचको सम्बन्ध अझ विकासित हुने र दुवै मुलुक बीचको सहयोग क्षेत्रको भविष्य पनि उच्यालो रहेको उल्लेख गर्नुभयो।

संयुक्त अरब इमिरेट्सको "खाडी अखबार"ले चिनियाँ राष्ट्रध्यक्ष सीको भ्रमणले हासिल गरेको सफलता धेरै महत्पपूर्ण रहेको भनी उल्लेख गरेको छ। यो अखबारमा दुवै मुलुकका जनताको हितका लागि दुवै पक्षले राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक आदि क्षेत्रको सहयोगलाई सबल पार्ने उल्लेख छ।

जानकारी तथा लेखहरु